बङ्गलादेशमा ४ लाख ४५ हजार २८१ व्यक्तिमा कोरोना सङ्क्रमण
एजेन्सी । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जनाएको छ । बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४७ हजार ३४१ पुगेको र कोभिड–१९ सङ्क्रमित छ हजार ३८८ भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
विगत २४ घण्टामा १३ हजार ८७० व्यक्तिको शङ्काका आधारमा कोभिड–१९ परीक्षण गरिएकोमा दुई हजार ६० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । आइतबार कोभिड–१९ सङ्क्रमित थप ३८ जनाको मृत्यु भएकमो छ ।
बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका दुई हजार ७६ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६२ हजार ४२८ व्यक्ति निको भएका छन् । तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा सङ्क्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण