मन्दिरमा चुम्बनको दृश्यका कारण नेटफ्लिक्स बहिष्कारको माग उठ्यो
भारतमा आइतबार अनलाइन स्ट्रिमिङ वेबसाइट नेटफ्लिक्स बहिष्कारको माग गर्दै थुप्रै ट्वीट गरिएको छ । जसका कारण थुप्रै घण्टादेखि #BoycottNetflix ट्वीटरमा टप ट्रेन्ड बनेको छ ।
यसको कारण नेटफ्लिक्सको एक सिरिज ‘अ सुटेबल बोय’ को दृश्य हो जसमाथि आपत्ति जताइँदै छ ।
यो कार्यक्रमको एक सीनमा एक युवा र युवती मन्दिरको प्राङ्गणमा चुम्बन गरिरहेका छन् र पछाडि भजन गुञ्जिरहेको छ ।
कार्यक्रमको पटकथा अनुसार एक हिन्दू महिला एक मुस्लिम युवकलाई प्रेम गर्छिन् र आपत्ति यसैमा जताइँदै छ ।
Shame On You Netflix 😠#BoycottNetflix https://t.co/q7jTaQlbLi
— Narendra Kumar Chawla (@NarenderChawla1) November 22, 2020
गौरव तिवारी नामका एक ट्वीटर प्रयोगकर्ताले यो मामिलामा मध्य प्रदेशको रिवामा एफआईआर दर्ता गरिएको दाबी गरे । गौरव तिवारीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फलो गर्छन् ।
मध्य प्रदेशका गृहमन्त्रीले दिए अनुसन्धानको आदेशः
यसैबीच मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले यी कथित आपत्तिजनक दृश्यलाई एक धर्म विशेषको भावनालाई आहत बनाएको बताउँदै प्रहरी अधिकारीले यो विवादास्पद दृश्यको अनुसन्धान गराउन निर्देशन जारी गरेका छन् ।
आफ्नो ट्वीटर अकाउन्टमा एक भिडियो जारी गर्दै नरोत्तम मिश्राले भने, ‘एक ओटीटी मिडिया प्लेटफर्ममा ‘अ सुटेबल बोय’ कार्यक्रम जारी गरिएको छ जसलाई म आपत्तिजनक मान्छु । एक मन्दिरभित्र व्यक्तिबीच चुम्बनको दृश्य छायांकन गरिएको छ र पछाडि भजन पनि बजिरहेको छ । लगातार दुई तीन पटक यस्तै गरिएको छ । यसले भावनालाई आहत गरेको जस्तो मलाई लाग्छ । मैले अधिकारीलाई यसको अनुसन्धान गर्न निर्देशन दिइसकेको छु । ओटीटी प्लेटफर्ममा यो कार्यक्रमको उद्देश्य के हो । निर्माता–निर्देशकमाथि के कारवाही हुनसक्छ । यी सबै बिन्दुको परीक्षण गरेर तत्काल मलाई अवगत गराउनुहोस् ।’
एक #ओटीटी_मीडिया_प्लेटफॉर्म पर "A Suitable Boy" नामक फ़िल्म जारी की गई है। इसमें बेहद आपत्तिजनक दृश्य दिखाए गए हैं जो एक धर्म विशेष की भावनाओं को आहत करते हैं। मैंने पुलिस अधिकारियों को इस विवादास्पद कंटेंट का परीक्षण कराने को निर्देशित किया है। pic.twitter.com/oYSiizJxCQ
— Dr Narottam Mishra (@drnarottammisra) November 22, 2020
ट्वीटरमा प्रतिक्रियाः
#BoycottNetflix सहित ट्वीटरमा मानिसहरु लगातार ट्वीट गरिरहेका छन् ।
केही मानिसहरुले नेटफ्लिक्समा लभ जिहादको महिमा गरेको आरोप लगाइरहेका छन् ।
राष्ट्रवादी क्याप्टेन ज्याक नामका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘नेटफ्लिक्सलाई मन्दिर परिसरभरी चुम्बनको दृश्य छायांकन गरेर हिन्दुको भावना आहत गरेका कारण आजै अनइन्स्टल गर्नुहोस् ।’
UNINSTALLED NETFLIX SUCCESSFULLY.. !!#BoycottNetflix
— Akshay (@ItsNotEnd) November 22, 2020
यस्तै विक्रान्त नामका ट्वीटर प्रयोगकर्ताले लेखे, ‘#BoycottNetflix गरेर केही हुँदैन । हरेक प्लेटफर्मले हिन्दुफोबिया कन्टेन्टलाई स्थान दिइरहेको छ । यी अपराधी निर्देशक–अभिनेताको अहिलेको वा भविष्यको कुनै सिरिज हेर्न बन्द गर्नुहोस् । उनीहरुले कुनै भ्यूज नपाएपछि उनीहरु रोकिनेछन् । मैले कहिले पनि यस्ता कुनै पनि सिरिज हेरेको छैन ।’
#BoycottNetflix karke kuch nahi hoga. Every platform is giving space to Hinduphobic content
— Vikrant ~ विक्रांत (@vikrantkumar) November 22, 2020
Simply Stop watching any current/future series of the culprits - Directors/Actor & boycott product endorsed. They don't get any views, they stop
I haven't watch a single such series ever
प्रिया मिश्रा नामकी ट्वीटर प्रयोगकर्ताले लेखेकी छिन्, ‘नेटफ्लिक्स एउटा ओटीटी प्लेटफर्म मात्रै हो । हामीले सिरिजका निर्माता र निर्देशकलाई बहिष्कार गर्नुपर्छ । उनीहरुविरुद्ध कानूनी कारवाही गर्नुपर्ने हुन्छ ।’
Netflix is just a OTT platform, have to boycott the producer and director of the series. Should take legal action against them.#BoycottNetflix pic.twitter.com/5I1mhllngH
— Priya Mishra💟 (@Mishra_Jiiiiii) November 22, 2020
केही मानिसहरु यो ह्याशट्याग विरुद्धः
तर केही मानिसहरु #BoycottNetflix को यो ट्रेन्डमाथि आपत्ति जताइरहेका छन् । अक्षय बनर्जी नामका ट्वीटर प्रयोगकर्ताले मन्दिरको मूर्तीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘उनीहरुले कसरी मन्दिर भित्र चुम्बनको दृश्य कसरी छायांकन गर्न सक्छन् ? यो हाम्रो संस्कृति नै होइन ।’
#BoycottNetflix trending in India by the same people who wanted Free Speech in France 🧐
— Swati K. (@mynameswatik) November 22, 2020
So much Hypocrisy? 🤷♀️
Free Speech and Religious Tolerance have to complement each other. 🤷♀️🤷♀️
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण