अङ्गुर अमिलो थियो
एक दिनको कुरा हो, एउटा फ्याउरो धेरै नै भोकाएको थियो । उसले सिकारको निक्कै खोजी गर्यो तर फेला पार्नै सकेन । खानेकुराको खोजीमा ऊ धेरैतिर डुल्यो । तर केही पनि फेला पार्न सकेन ।
डुल्दै जाँदा ऊ एउटा अङ्गुरको बोटमुनि आइपुग्यो । बोटमा लटरम्म अङ्गुर फलेको थियो । पाकेको, रसिलो अङ्गुर देखेर उसको मुख रसायो, भोकाएको पेट गुडुडु करायो । ऊसले अङ्गुर खाएर भोक मेट्ने विचार गर्यो ।

अङ्गुर टिप्न त्यो फ्याउरो उफ्रियो । तर अङ्गुर अलि माथि फलेको थियो । उसले भेट्टाउन सकेन । धेरै पटक उसले कोसिस गर्यो तर अहँ, मरिगए पनि अङ्गुर टिप्नै सकेन ।
भोकाएको पेट, उफ्रँदा उफ्रँदा फ्याउरो लखतरान पर्यो । उसले आशा मार्यो । उसको अङ्गुर खाने विचार सफल हुन सकेन । निराश भएर फ्याउरो त्यहाँबाट अन्तै लाग्यो । तर अन्त लाग्दै गर्दा आफैँलाई चित्त बुझाउँदै फ्याउँरो बड्बडायो– मैले त्यो अङ्गुर नखाएर राम्रै गरेँ । पक्कै पनि त्यो अमिलो थियो । खाएको भए बेकारमा बिरामी मात्रै पर्थें ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– ‘मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन’
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण