११ वर्षीया बालिका करणी गरी फरार प्रतिवादी ४ वर्षपछि पक्राउ
सोमबार, ०८ मङ्सिर २०७७, १९ : १७
रौतहट । रौतहटमा जबर्जस्ती करणीको आरोपमा फरार एक अभियुक्तलाई ४ वर्षपछि पक्राउ गरिएको छ । २०७३ फागुन ९ गते वृन्दावन नगरपालिकामा ११ वर्षे बालिकालाई जबरजस्ती करणी गरी फरार वडा नं. ४ का दानी राय यादवका छोरा ३२ वर्षीय नागेश्वर राय यादवलाई ईलाका प्रहरी कार्यालय समनपुरको टोलीले पक्राउ गरेको हो ।
आइतबार अपरान्ह साढे चार बजे गढीमाई नगरपालिका–१ स्थित बागमती नदि बाँध सडकखण्डमा ना ६४ प ४५०३ नं.को पल्सर मोटरसाईकलसहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रवि रावलले जानकारी दिए । अभियुक्त यादवलाई आज रौतहट जिल्ला अदालत गौरमा उपस्थित गराई कानुनी कार्वाही सुरु गरिएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण