कोरोनाका कारण पाकिस्तानका शैक्षिक संस्थाहरु फेरि बन्द, परीक्षा स्थगित
एजेन्सी । कोरोनभाइरसका सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ । सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को वर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।
शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सबै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । यसैगरी इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले इन्डोनेसियामा थप चार हजार ४४२ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ । पछिल्लो पटक थपिएकाहरुसँगै इन्डोनेसियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार ११० पुगेको छ ।
इन्डोनेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको संख्या १६ हजार दुई पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कूल सङ्क्रमितहरु ५६ हजार ६५९ जना रहेका छन् । बङ्लादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७६० जना सङ्क्रमित भएका छन । तीमध्ये दुई हजार ४१९ जना अहिले थपिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण