उत्तरकोरियाका सर्वोच्च नेता किमका भतिजा अचानक बेपत्ता
एजेन्सी । उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल एक्कासि बेपत्ता भएका छन् । उनी वेपत्ता भएलगत्तै अनेक शंका गर्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । हान सोल किम जोङ उनका सौतने भाई किम जोङ नामका छोरा हुन् । किम जोङ नामलार्य सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा हत्या गरिएको थियो ।
उनको हत्याको आरोपमा एक भियतनामी र इन्डोनेसियाई महिलाहरु पक्राउ परेका थिए । त्यसबेला नामको हत्या उत्तरकोरियाका नेता किम जोङ उनसँग पनि जोडिएको थियो । तर प्योङयाङले उक्त आरोपको खण्डन गरेको थियो । तर अहिले पनि किमकै भतिजा बेपत्ता भएपछि उत्तरकोरियातर्फ प्रश्न उठिरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामरुका अनुसार अहिले बेपत्ता भएका सोल, उनकी बहिनी र आमाले सन् २०१७ मै गोप्य ढंगले उत्तरकोरिया छाडेका थिए । सोल अन्तिमपटक अमेरिकी गुप्तचर एजेन्सी (सिआइए)का एक एजेन्टसँग देखिएका थिए । त्यसपछि उनको बारेमा केही खबर बाहिर नआएको जनाइएको छ ।
आफ्नो पिताको हत्यापछि उनी सार्वजनिक जीवन र चर्चाबाट टाढिएका थिए । सञ्चारमाध्यामहरुका अनुसार सोलमाथि कुनै खतरा देखिएर सिआईएले कुनै गोप्य ठाउँमा सुरक्षा घेरामा राखिएको हुनसक्ने अनुमान पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण