भारतले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगायो
भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा वर्क बेन्चजस्ता एप्स समावेश छन् ।
भारत सरकारकोे विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यी एप्समाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो ।
मन्त्रालयले जारी गरिएको बयानमा भनेको छ, ‘यो कारवाही यी एप्ससँग सम्बन्धित ती जानकारीको आधारमा लिइएको हो जसमार्फत् यो थाहा भएको छ कि यी एप्स भारतको स्वायत्तता र सुरक्षाका लागि खतरा छन् । मन्त्रालयले यो निर्णय इन्डियन साइबर क्राइम कोअर्डिनेशनको रिपोर्टको आधारमा लिएको छ ।’
यसअघि पनि भारत सरकारले चीनसँगको तिखो सम्बन्धका बीच सबैभन्दा पहिलो जूनमा ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि सरकारले अर्कोपटक थप ४७ एप्समाथि प्रतिबन्ध लगाएको थियो । सप्टेम्बर महिनामा एकपटक पुनः पबजीसमेत ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण