दण्डहीनताले मौलाउँदै आपराधिक घटना
महोत्तरी बर्दिबासकी ६ वर्षीया गुलाब खातुनको बलात्कारपछि हत्या गरेको आरोपमा गौशाला–५ का अरूणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा साह पहिलोपटक पक्राउ परेका भने होइनन् । गत वैशाखमा पनि आफ्नै साथीलाई हत्या गरेको अभियोग उनीमाथि छ । हत्या अभियोगमा उनीविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेको छ ।
वैशाख २८ गते साँझ गौशालाको होटलमा सँगै मदिरा सेवन गरी घर फर्कंदै गर्दा बाटोमा विवाद झिकेर साहले आफ्नै साथी दिलीप ठाकुरको हत्या गरेको अभियोगमा साहविरुद्ध मुद्दा चलाइएको हो । उक्त मुद्दा विचाराधीन अवस्थामा छ । एउटा हत्या अभियोगमा मुद्दा चलिरहेकै बेला उनी अर्को हत्या आरोपमा पक्राउ परेका छन् ।
जेठ १९ गते जिल्ला न्यायाधीश सुमनकुमार न्यौपानेको एकल इजलासले साहलाई एक लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सोही आदेशमा उनी धरौटी राखेर रिहा भएका हुन् । जिल्ला अदालतको धरौटीमा छाड्ने आदेशमा असहमति जनाउँदै थुनामै राखेर मुद्दा चलाउने भन्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत जनकपुरमा २५ असारमा निवेदन दिए पनि अहिलेसम्म त्यसमा सुनुवाइ भएको छैन ।
यही मंसिर ७ गतेदेखि बेपता बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया खातुनको शव सोमबार राति घर नजिकैको झाडीमा फेला प¥यो । बर्दिबास–१४ स्थित सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ विनोद साहको खाली जग्गाको झाडीमा कपडाको पोकोभित्र शव भेटिएको थियो । महोत्तरीका प्रहरी प्रमुख टीकाबहादुर केसीले अरोपित साहकै बयानका आधारमा बालिकाको शव फेला पारिएको बताए ।
मदिराको मातमा आफूले ती बालिकाको हत्या गरेको भनेपछि साहलाई उनकै परिवारले गौशाला प्रहरीको जिम्मा लगाएका थिए । गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई बुझाएको थियो । प्रहरी स्रोतका अनुसार बयानमा साहले बालिकाको हत्या गरेको आरोप स्विकारेका छन् । बालिका हत्याको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका बर्दिबासका स्थानीयमाथि सुरक्षाकर्मीले गोली चलाएपछि घाइते भएका तीनजनामध्ये एक सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भयो । यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण