‘बब विश्वास’ मा अभिषेक बच्चनलाई चिन्न मुश्किल, सार्वजनिक भयो सुटिङको तस्बिर
बलिउड अभिनेता अभिषेक बच्चन नयाँ थ्रिलर फिल्म ‘बब विश्वास’ को सुटिङ गरिरहेका छन् । अभिषेकले कोलकातामा पुनः सुटिङ सुरु गरेका छन् र डिसेम्बर ९ सम्म ‘बब विश्वास’ सँग एक्सनमा रहनेछन् । फिल्मको निर्माण गौरी खान, सुजोय घोष र गौरव वर्माले गरेका हुन् र निर्देशनको कमान अन्नपूर्णा घोषले सम्हालेका छन् । फिल्ममा अभिषेकबाहेक चित्रांगदा सिंहको पनि महत्वपूर्ण भूमिका छ ।
फिल्मको सेटका केही तस्बिर इन्टरनेटमा छाएका छन् । यी नयाँ तस्बिरमा अभिषेक बच्चनलाई पहिचान गर्न मुश्किल भएको छ । यहाँ हेर्नुहोस् अभिषेकको नयाँ लुक ।
कोरोना संक्रमण्का कारण सिनेमाघरमा रिलिज हुनका लागि बनेको उनको फिल्म ‘लूडो’ नोभेम्बर १२ मा नेटफ्लिक्समा रिलिज भएको छ । यो फिल्ममा उनी बिट्टुको भूमिकामा देखिएका छन् । लूडोमा बिट्टुको भूमिका निकै रिसाहा छ । उनको फिल्म ‘लूडो’ ले प्रशंसकसहित फिल्म इन्डष्ट्रिका साथीहरुले पनि निकै माया गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण