त्रिविको उत्तरपुस्तिका धुल्याएको विषय छानविन गर्न समिति गठन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ‘कसुरदार जोगाउन’ उत्तरपुस्तिका धुल्याएको दावी गरिएको विषय छानविन गर्न समिति गठन गरेको छ । स्नातकोत्तर तहको विज्ञान विषय क्वान्टम मेकानिक्स प्रथम सेमेष्टरको प्रश्न पाठ्यक्रम बाहिरबाट आएको हुनाले सो परीक्षा बदर गर्न माग गर्दै अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र प्रहरीमा पनि उजुर गरिएको थियो । तर, राष्ट्रिय सतर्कता केन्द्र र सूचना आयोगको निर्देशन विपरित उत्तरपुस्तिका नष्ट गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा त्रिविले प्रा.डा.ओमप्रसाद बरालको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिमा प्रा.डा.शंकरप्रसाद भण्डारी र सह–प्राध्यापक अखिलेशकुमार सिंह सदस्य छन् । त्रिभुवन विश्वविद्यालयका अनुगमन दिर्नेशनालयका कार्यकारी निर्देशक प्रा.डा. विष्णुप्रसाद खनालले छानविन समिति गठन गरिएको रातोपाटीलाई बताए । खनालले भने– ‘छानविन समितिलाई ७ दिनको सयमसीमा तोकिएको छ ।’
तत्कालीन रेक्टर प्रा.डा सुधा त्रिपाठीले गठन गरेको समितिले ४५ पूर्णाङ्कको परीक्षामा ४० अंकको प्रश्न पाठ्यक्रम बाहिरबाट आएको निष्कर्ष सहितको प्रतिवदेन ०७६ वैशाख २४ मा त्रिविमा बुझाएको थियो । सो प्रतिवेदन अख्तियारमा पठाइएको छैन् ।
पाठ्यक्रम बाहिरबाट प्रश्नपत्र निकालेर त्रिविका पदाधिकारीले ‘सेटिङ’मा ६५ प्रतिशत भन्दा बढी विद्यार्थि उत्तिर्ण गराएको आरोप लाग्दै आएको छ । असन्तुष्ट विद्यार्थीहरुले सो परिक्षा रद्ध गर्नुपर्ने माग गरिरेका छन् । तर, त्रिविले सत्यतथ्य छानविनमा आलटाल गर्दै आएको छ । ०७७ असोज २ मा अख्तियारले सो विषय छानविन गरेर प्रतिवेदन बुझाउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशनात्मक आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण