नेपाल पत्रकार महासंघले पठायो ३ वटा सञ्चारगृहलाई चेतावनीपत्र
काठमाडौं । नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम दिँदै माग पुरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनीसहितको पत्र पठाएको छ । महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई चेतावनीसहितको पत्र पठाएको हो ।
महासचिव रमेश विष्टले लेखेको पत्रमा लिखित, मौखिक र वार्तामार्फत सम्बद्ध सञ्चार गृहहरुमा देखिएको श्रम समस्या समाधानार्थ महासंघले गरेको पहलबाट समस्या सम्बोधन हुन नसकेकाले कात्तिक २६ गते पहिलो चरणमा सम्बद्ध सञ्चार गृहमा कालो ब्यानर टाँसी धर्ना दिइएृको स्मरण गराइएको छ । पहिलो चरणको दबाबबाट समेत समस्या हल नभएकाले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
महासंघका सचिव तथा श्रमजीवी हित प्रबर्द्धन समितिका संयोजक रामप्रसाद दाहालकाअनुसार पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र माग पुरा नगरिए महासंघ दोस्रो चरणको आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीपत्र पठाइएको हो ।
महासंघको शुक्रबार धादिडमा बस्ने उपलब्ध केन्द्रीय समितिको बैठकले आन्दोलनको स्वरुप र मिति तय गर्ने जनाइएको छ । प्रेस सम्बद्ध संगठनहरुबाट दोस्रो चरणमा सम्वद्ध सञ्चार गृहका सञ्चालकहरुको घर घेराउदेखि सञ्चारगृहमा सत्याग्रह र आमरण अनसनसम्म गर्न महासंघलाई सुझाव प्राप्त भएकाले सोही सुझावका आधारमा आन्दोलनको स्वरुप तय हुने सचिव दाहालले जानकारी दिएका छन् ।
महासंघले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि वार्ता संवाद, पत्राचार, कानुनी संघर्षदेखि आन्दोलनसम्म गर्दै आएको छ । पछिल्लो समय कोरोना महामारीको लाभ लिँदै नियमित पारिश्रमिक नदिने, पारिश्रमिक आधा घटाउने, निष्काशन गर्ने, फोर्स लिभमा राख्ने, अनुचित सरुवा गर्नेलगायतका समस्या देखिएपछि महासंघ त्यसविरुद्ध आन्दोलित छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा रहेको टोलीले आन्दोलनको रणनीति बनाउने र परिचालन गर्ने गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने