नेपाल पत्रकार महासंघले पठायो ३ वटा सञ्चारगृहलाई चेतावनीपत्र
काठमाडौं । नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम दिँदै माग पुरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनीसहितको पत्र पठाएको छ । महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई चेतावनीसहितको पत्र पठाएको हो ।
महासचिव रमेश विष्टले लेखेको पत्रमा लिखित, मौखिक र वार्तामार्फत सम्बद्ध सञ्चार गृहहरुमा देखिएको श्रम समस्या समाधानार्थ महासंघले गरेको पहलबाट समस्या सम्बोधन हुन नसकेकाले कात्तिक २६ गते पहिलो चरणमा सम्बद्ध सञ्चार गृहमा कालो ब्यानर टाँसी धर्ना दिइएृको स्मरण गराइएको छ । पहिलो चरणको दबाबबाट समेत समस्या हल नभएकाले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
महासंघका सचिव तथा श्रमजीवी हित प्रबर्द्धन समितिका संयोजक रामप्रसाद दाहालकाअनुसार पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र माग पुरा नगरिए महासंघ दोस्रो चरणको आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीपत्र पठाइएको हो ।
महासंघको शुक्रबार धादिडमा बस्ने उपलब्ध केन्द्रीय समितिको बैठकले आन्दोलनको स्वरुप र मिति तय गर्ने जनाइएको छ । प्रेस सम्बद्ध संगठनहरुबाट दोस्रो चरणमा सम्वद्ध सञ्चार गृहका सञ्चालकहरुको घर घेराउदेखि सञ्चारगृहमा सत्याग्रह र आमरण अनसनसम्म गर्न महासंघलाई सुझाव प्राप्त भएकाले सोही सुझावका आधारमा आन्दोलनको स्वरुप तय हुने सचिव दाहालले जानकारी दिएका छन् ।
महासंघले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि वार्ता संवाद, पत्राचार, कानुनी संघर्षदेखि आन्दोलनसम्म गर्दै आएको छ । पछिल्लो समय कोरोना महामारीको लाभ लिँदै नियमित पारिश्रमिक नदिने, पारिश्रमिक आधा घटाउने, निष्काशन गर्ने, फोर्स लिभमा राख्ने, अनुचित सरुवा गर्नेलगायतका समस्या देखिएपछि महासंघ त्यसविरुद्ध आन्दोलित छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा रहेको टोलीले आन्दोलनको रणनीति बनाउने र परिचालन गर्ने गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण