जनकपुरमा महिलाको शव फेला
जनकपुर । जनकपुरधाममा एक मृत महिलाको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर वडा ७ स्थित बेलाकुट्टीमा रहेको स्थानीय सुरेश साहको घरमा डेरा लिई बस्ने राजेश चौरसियाकी २२ वर्षीया श्रीमती रेखा चौरसिया बिहीबार मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
बारा कलैया घर भई हाल जनकपुरमा डेरा लिई बस्दै आएकी रेखाको कर्तव्य गरि ज्यान मारेको हुनसक्ने आशंका गरिएको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मिश्रले बताए । उनले मृतक महिलाको शव हेर्दा हत्या भएको हुनसक्ने अनुमान गरिएको बताए । प्रहरी नायब उपरिक्षक मिश्रले भने– ‘शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ । हामी अनुसन्धान गर्दैछौँ ।’
मृतक र मृतकका श्रीमान दुवै सँगै बस्दै आएका थिए । घटना पछि मृतकका श्रीमान राजेश भने फरार रहेको र उनको खोजी जारी रहेको प्रवक्ता मिश्रले बताए । घटनाका बारेमा थप अनुसन्धान भैरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण