शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरमा महिलाको शव फेला

बिहीबार, ११ मङ्सिर २०७७, १८ : १८
बिहीबार, ११ मङ्सिर २०७७

जनकपुर । जनकपुरधाममा एक मृत महिलाको शव  फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर वडा ७ स्थित बेलाकुट्टीमा रहेको स्थानीय सुरेश साहको घरमा डेरा लिई बस्ने राजेश चौरसियाकी २२ वर्षीया श्रीमती रेखा चौरसिया बिहीबार मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

बारा कलैया घर भई हाल जनकपुरमा डेरा लिई बस्दै आएकी रेखाको कर्तव्य गरि ज्यान मारेको हुनसक्ने आशंका गरिएको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मिश्रले बताए । उनले मृतक महिलाको शव हेर्दा हत्या भएको हुनसक्ने अनुमान गरिएको बताए । प्रहरी नायब उपरिक्षक मिश्रले भने– ‘शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ । हामी अनुसन्धान गर्दैछौँ ।’

मृतक र मृतकका श्रीमान दुवै सँगै बस्दै आएका थिए । घटना पछि मृतकका श्रीमान राजेश भने फरार रहेको र उनको खोजी जारी रहेको प्रवक्ता मिश्रले बताए । घटनाका बारेमा थप अनुसन्धान भैरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप