एक वर्ष नपुग्दै बिग्रन थाले ट्राफिक लाइट, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । राजधानी काठमाडौँभित्र धेरै कुराहरुको समस्या त छँदैछ । त्यसमा पनि मुख्यतः बाटो अनि त्यहाँ गुड्ने सवारी साधनको व्यवस्थापन । राज्यले सडकमा जति नै लगानी गरे पनि चाहेअनुसारको प्रतिफल जनताहरुले पाउन सकेका छैन् ।
हजारौँ मात्रामा सडकमा मान्छे र सवारीको चापलाई नियमन गर्न राज्यले कराडौं पैसा खर्चेर राखिएका ट्राफिक लाइटहरु काम गर्न छाडेका छन् । उपत्यकाभित्र रहेका चाबहिल, मित्रपार्क, तिनकुने, थापाथलीलगायत शहरका मुख्य मुख्य चोकहरुमा लाइटहरुले काम गर्न छोडेका हुन् ।

केही समय काम गरेको जस्तो देखिएपनि लामो समयसम्म नटिक्ने पाइएको छ । ‘उपत्यकामा जडित अधिकांश ट्राफिक लाइटहरु एक वर्ष नपुग्दै बिग्रन सुरु भएको छ । बिग्रेको ट्राफिक लाइटहरुलाई मर्मत गरेर सञ्चालनमा ल्याउन आवश्यक छ,’ ट्राफिक महाशाखाका एक प्रहरी जवानले रातोपाटीसँग भने ।
एकपटक जडान गरेर छोडेपछि ट्राफिक लाइटको मर्मतसम्भार कहिले पनि नहुने ती जवानले बताए ।

यद्यपी थापाथलीमा पछिल्लो समय ट्राफिक लाइट सञ्चालनमा नभएपनि केही वर्षअघि थापाथलीको ट्राफिक लाइट सञ्चानमै थियो । निवर्तमान ट्राफिक प्रहरी प्रमुख एसएसपी भिम प्रसाद ढकालले उपत्यकाको अधिकांश चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याएपनि थापाथली चोकको चाहिँ ल्याउन सकेका थिएनन् ।
बाटोमा सवारी चालक बटुवाका लागि र ट्राफिक प्रहरीहरुकै सहजताका लागि राखिएका लाइटहरु बिर्गेपछि भने निकै असहजता उत्पन्न भएको छ ।

तस्बिरमा हेर्नुहोस बिग्रिएका ट्राफिक लाइटहरुको अवस्था










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण