कंगनाको जीत, अदालतले रद्द गरिदियो महानगरपालिकाको आदेश
बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई क्षती पुर्याउनका लागि गरिएको बताएको छ ।
अदालतले कंगनाको याचिकामाथि आफ्नो निर्णय सुनाएको छ जसमा उनले बीएमसीको आदेशलाई चुनौती दिएकी थिइन् ।
बीएमसीले ९ सेप्टेम्बरमा पाली हिल्स इलाकास्थित कंगनाको बंगलाको एक हिस्सा भत्काइदिएको थियो ।
निर्णय सुनाउँदै दुई न्यायाधीसको खण्डपीडले आफूहरुले सरकारी संस्थाका नागरिकविरुद्ध शक्तिको प्रयोग गर्न पनि सही नठान्ने बताएका छन् ।
उनले बीएमसीले जुन कारवाही गरेको छ त्यो कारवाही अनाधिकृत भएकोमा थोरै पनि शंका नभएको बताएको छ ।
कंगनाले याचिकामा बीएमसीसँग दुई करोड भारुको जरिवाना पनि मागेको थियो । अदालतले यसबारे आफूले हिसाब गर्नका लागि कसैलाई नियुक्त गर्ने र अर्को वर्षको मार्च महिनासम्म यसबारे आदेश जारी गर्ने बताएको छ ।
बीएमसीले कंगना रनौतको बंगलाको एक भाग त्यतिबेला भत्काएको थियो जसमा उनी अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे अनुसन्धानका लागि महाराष्ट्र सरकारमाथि लगातार तिखो हमला गरिरहेकी थिइन् ।
यतिमात्रै होइन, कंगना र शिवसेना सांसद संजय राउतबची पनि यो विषयमा ठूलै विवाद भएको थियो ।
यस्तोमा बीएमसीले कंगनाको अफिस भत्काउने निर्णयलाई राजनीतिक द्वेषले प्रेरित बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण