मार्क्सवादी चिन्तक अर्यालको निधन
प्रसिद्ध मार्क्सवादी चिन्तक तथा लेखक मुरारी अर्यालको निधन भएको छ ।
कोभिड–१९ को संक्रमणको कारण ६४ वर्षीय अर्यालको निधन भएको हो । विगत केही दिनदेखि उनको त्रिवि शिक्षण अस्पतालको आइसीयूमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।
कोरोना संक्रमणका कारण अर्यालको फोक्सोमा गम्भीर क्षति पुगेको चिकित्सकहरुले जानकारी दिएका थिए ।
अर्यालका निधनले नेपालको मार्क्सवादी आन्दोलनमा अपुरणीय क्षति पुगेको छ ।
यसबीच दिवंगत अर्यालका श्रीमती विमला अर्याललाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । हाल उनको त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ । परिवार निकट स्रोतले जानकारी दिएअनुसार उनको अवस्था सामान्य रहेको छ ।
अर्यालसँगै कोरोना संक्रमित भई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रसिद्ध भौतिकशास्त्री प्रा.डा. मुकुन्दमणि अर्याल भने संक्रमणमुक्त भएका छन् । हाल उनी अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण