ललितपुर महानगरमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु
सारांश
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरणका लागि ललितपुर महानगरपालिकामा विपद् स्वयंसेवक परिचालन तालिम सुरु भएको छ।
- ललितपुर महानगरपालिकाका १९ जना प्रहरी र ५ जना दमकलका कर्मचारीलाई तालिम दिइनेछ।
- ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माणमा ५ करोड बजेट छुट्याएको छ र डुङ्गा खरिद गर्दैछ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरणका तथा व्यवस्थापन प्राधिकरण, ललितपुर महानगरपालिका र एसेट नेपालको सहकार्य तथा समन्वयमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम आइतबारदेखि सुरु भएको छ । उक्त तालिम ७ दिन सम्म चल्ने छ ।
ललितपुर नगरपालिकाका महानगर प्रहरीका १९ जना र दमकल का ५ जना कर्मचारीलाई तालिम दिन लागेको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि नगरका विभिन्न स्थानमा पूर्वाधार तयार भइरहेको बताए ।

महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार आवश्यक रहेकाले विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेको बताए । उनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार निर्माणका लागि यस वर्षमात्रै रु पाँच करोड बजेट छुट्ट्याएर काम भइरहेको धारणा राखे ।
महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि पाँच वटा डुङ्गा खरिद गर्न लागिएको बताए । महर्जनले विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय भएर लागे पनि महानगरलाई कानुनी जटिलताका कारण काम गर्न कठिन भएको धारणा राखे ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण