आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

ललितपुर महानगरमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

आइतबार, ११ जेठ २०८२, १५ : २३
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरणका लागि ललितपुर महानगरपालिकामा विपद् स्वयंसेवक परिचालन तालिम सुरु भएको छ।
  • ललितपुर महानगरपालिकाका १९ जना प्रहरी र ५ जना दमकलका कर्मचारीलाई तालिम दिइनेछ।
  • ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माणमा ५ करोड बजेट छुट्याएको छ र डुङ्गा खरिद गर्दैछ।

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरणका तथा व्यवस्थापन प्राधिकरण, ललितपुर महानगरपालिका र एसेट नेपालको सहकार्य तथा समन्वयमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम आइतबारदेखि सुरु भएको छ । उक्त तालिम ७ दिन सम्म चल्ने छ । 

ललितपुर नगरपालिकाका महानगर प्रहरीका १९ जना र दमकल का ५ जना कर्मचारीलाई तालिम दिन लागेको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि नगरका विभिन्न स्थानमा पूर्वाधार तयार भइरहेको बताए ।

chiribabu maharjan

महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार आवश्यक रहेकाले विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेको बताए । उनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार निर्माणका लागि यस वर्षमात्रै रु पाँच करोड बजेट छुट्ट्याएर काम भइरहेको धारणा राखे । 

महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि पाँच वटा डुङ्गा खरिद गर्न लागिएको बताए । महर्जनले विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय भएर लागे पनि महानगरलाई कानुनी जटिलताका कारण काम गर्न कठिन भएको धारणा राखे ।

rekha das shresthaResizedImage_2025-05-25_09-49-57_5473ResizedImage_2025-05-25_09-49-58_3589ResizedImage_2025-05-25_09-49-59_1815ResizedImage_2025-05-25_09-50-00_2302ResizedImage_2025-05-25_09-50-01_6027ResizedImage_2025-05-25_09-50-02_1298

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप