आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
अपराध

जाली नोट कारोबारमा जेल बसेर छुटेका अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

आइतबार, ११ जेठ २०८२, १७ : ३८
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • भारतीय जाली नोट कारोबार मुद्दामा जेल परेका युनुश अन्सारीलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ।
  • अन्सारीलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो, सीआईबीले जनाएको छ।
  • अन्सारी नख्खु कारागारबाट छुटेको केही घण्टामै पक्राउ परेका हुन्, यसअघि उनी ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए।

काठमाडौँ । भारतीय जाली नोट कारोबारमा जेल बसेर छुटेका युनुश अन्सारीलाई प्रहरीले फेरि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । शनिबार जेलमुक्त भएका अन्सारीलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी युवराज खड्काले रातोपाटीलाई बताए । उनले भने– ‘काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’

उनी शनिबार नख्खु कारागारबाट रिहा भएका हुन् । ब्युरोले उनीबिरुद्ध यसअघि देखिनै सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गरिरहेको थियो । २०७६ जेठ १० मा युनशसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

उनीहरूबाट प्रहरीले त्यतिबेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो । सो घटनामा अन्सारीलाई अदालतले ६ वर्ष कैद सजाय र ६० हजार जरिवाना ठहर गरेको थियो । कैद सजाय पुरा गरेर उनी शनिबार छुटेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप