जाली नोट कारोबारमा जेल बसेर छुटेका अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
सारांश
- भारतीय जाली नोट कारोबार मुद्दामा जेल परेका युनुश अन्सारीलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ।
- अन्सारीलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो, सीआईबीले जनाएको छ।
- अन्सारी नख्खु कारागारबाट छुटेको केही घण्टामै पक्राउ परेका हुन्, यसअघि उनी ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए।
काठमाडौँ । भारतीय जाली नोट कारोबारमा जेल बसेर छुटेका युनुश अन्सारीलाई प्रहरीले फेरि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । शनिबार जेलमुक्त भएका अन्सारीलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी युवराज खड्काले रातोपाटीलाई बताए । उनले भने– ‘काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’
उनी शनिबार नख्खु कारागारबाट रिहा भएका हुन् । ब्युरोले उनीबिरुद्ध यसअघि देखिनै सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गरिरहेको थियो । २०७६ जेठ १० मा युनशसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
उनीहरूबाट प्रहरीले त्यतिबेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो । सो घटनामा अन्सारीलाई अदालतले ६ वर्ष कैद सजाय र ६० हजार जरिवाना ठहर गरेको थियो । कैद सजाय पुरा गरेर उनी शनिबार छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण