तीनकुने प्रकरणमा दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम

काठमाडौँ । तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान मुद्दामा प्रतिवादी कायम गरिएको छ । २०८१ चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ८ जनालाई ज्यान मुद्दामा प्रतिवादी कायम बनाएर अदालतमा अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले रातोपाटीलाई बताए ।
आगजनी गरेर पत्रका सुरेश रजकको हत्या गरेको कसुरमा ८ जनालाई सजाय गर्न सरकारी वकिलले माग दावी लिएको छ । कर्तव्य ज्यान मुद्दामा हरिहर चौलागाईं, सरोज गौतम, सतिष न्यौपाने, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सन्तोष सिलवाल ‘राजावादी’ र हेमराज थारुलाई प्रतिवादी कायम गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा कुल ६१ जनालाई प्रतिवादी कायम गरेर अभियोगपत्र दर्ता गरिएको छ । ४ जना बालबालिकाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोगपत्र दायर गरिने जिल्ला न्यायाधिवक्ता निरौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा माओवादी केन्द्र र नेसपाबिच एकता घोषणा कार्यक्रम तय
-
कोलकाताविरुद्ध हैदराबादको कीर्तिमानी रन वर्षा
-
अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)
-
रास्वपा केन्द्रीय समिति बैठक : सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत
-
गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरूपमा मनाउन प्रधानमन्त्रीको आग्रह
-
कांग्रेस र एमालेको निष्कर्ष : गृहमन्त्रीमाथिको प्रहार जायज छैन