तीनकुने प्रकरणमा दुर्गा प्रसाईंसहित ८ जना ज्यान मुद्दामा प्रतिवादी कायम
काठमाडौँ । तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान मुद्दामा प्रतिवादी कायम गरिएको छ । २०८१ चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ८ जनालाई ज्यान मुद्दामा प्रतिवादी कायम बनाएर अदालतमा अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले रातोपाटीलाई बताए ।
आगजनी गरेर पत्रका सुरेश रजकको हत्या गरेको कसुरमा ८ जनालाई सजाय गर्न सरकारी वकिलले माग दावी लिएको छ । कर्तव्य ज्यान मुद्दामा हरिहर चौलागाईं, सरोज गौतम, सतिष न्यौपाने, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सन्तोष सिलवाल ‘राजावादी’ र हेमराज थारुलाई प्रतिवादी कायम गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा कुल ६१ जनालाई प्रतिवादी कायम गरेर अभियोगपत्र दर्ता गरिएको छ । ४ जना बालबालिकाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोगपत्र दायर गरिने जिल्ला न्यायाधिवक्ता निरौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण