जनआन्दोलन,जनयुद्ध र मधेश आन्दोलनका घाइतेको निःशूल्क उपचार गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले जनआन्दोलन २०६२/६३, जनयुद्ध तथा मधेश आन्दोलनका क्रममा गोली तथा बमको छर्रा लागेका पहिचान नभएका ब्यक्तिहरु पहिचानका लागि सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषको बैठकले त्यस्ता ब्यक्तिहरुको सरकारी अस्पतालमा निःशूल्क उपचार गराउने पनि निर्णय गरेको छ ।
यस्तै परराष्ट्र मन्त्रालयको प्रस्तावमा आगामी डिसेम्बर ४ मा कोरोना संक्रमणबारे संयुक्त राष्टसंघको विशेष अधिवेशनमा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधि मण्डल गठन भएको छ ।
बैठकले जिल्ला समन्वय समितिको महासंघको भवन निर्माण गर्नका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
यस्तै विभिन्न गाउँपालिकाको कार्यालय निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिए । यस्तै बैठकले ३ सहसचिवको बढुवा गर्ने निर्णय गरेको छ । चिया तथा कफि विकास बोर्डको बिनियमावली पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण