राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे बीच भेट भएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता पछि फेंग्हे शितलनिवास पुगेका हुन् । आईतबार एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्रीले यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटबार्ता गरेका थिए । सेनाको हेड्क्वार्टर जंगी अड्डामा प्रधान सेनापति थापाले फेंग्हेसँग सरकारको तर्फबाट कुराकानी र छलफल गरेका हुन् ।
चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा लामो सयम बिताएका छन् । चिनियाँ डेलिगेशन टिम र नेपाली सेनाबीच कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम सुचारु गर्नेबारे छलफल भएको छ । पूर्वघोषित चिनको सैन्य सहयोगबारे पनि छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री सहितको २० सदस्यीय डेलिगेशन टिम आईतबार साँझ एयर चाईनाको विमानमार्फत स्वदेश फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण