स्वीट्जरल्याण्डले दिने १ अर्ब २५ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने सरकारको निर्णय
आइतबार, १४ मङ्सिर २०७७, १८ : ११
काठमाडौं । मन्त्रिपरिषदको बैठकले स्वीट्जरल्याण्ड सरकारले दिने १ अर्ब २५ करोड रुपैयाँ बराबरको आर्थिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले नेपाल कृषि बजार विकास कार्यक्रम दोश्रो चरण, प्रदेश नम्बर १ का लागि स्वीट्रल्याण्ड सरकारबाट प्राप्त हुने ९ दशमलव ५४ मिलियन स्वीस फ्रेंक अनुदान स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
यस्तै आगामी मंसिर २२ गते हुने वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र मंसिर १८ र १९ गते हुने नेपाल भारत वाणिज्य सहसचिवस्तरीय अन्तर सरकारी उपसमितिको भर्चुअल बैठकमा भाग लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बैठकले नेपाली सेनाका लेखा महासेनानी गणेशसिंह भण्डारी तथा लेखा प्रमुख सेनानी रामबहादुर अर्यालको बढुवा गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण