सैन्य तालिम र शिक्षार्थी आदान-प्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री सहमत
काठमाडौं । कोभिड–१९ को जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे सहमत भएका छन् । आईतबार जंगी अड्डामा फेंग्हेको डेलिगेशन टिम र नेपाली सेनासँगको छलफलमा उनले सो सहमति जनाएका हुन् । चिनियाँ रक्षामन्त्री र प्रधानसेनापती पूर्णचन्द्र थापा सहभागी सामूहिक छलफलमा उनले सो सहमति व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपालको औपचारिक भ्रमणका क्रममा फेंग्हेले प्रधानसेनापति थापासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका छन् । पूर्वघोषित नेपाली सेनाको विपद व्यवस्थापन क्षमता अभिबृद्धिको लागी चिनियाँ सरकारले २ अर्ब ४० करोड नेपाली रुपैयाँ पनि छिट्टै उपलब्ध गराउने फेंग्हेले प्रतिबद्धता जनाएका छन् । छलफल परराष्ट्र मन्त्रालका प्रतिनिधि पनि उपस्थित थिए । आगामी दिनमा उच्चस्तरीय भ्रमण लगायत द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने आश्वासन चिनियाँ रक्षमन्त्रीले दिएका छन् ।
नेपाली सेनाको कोभिड १९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागी पनि फेंग्हेले प्रतिबद्धता व्यक्त गरे । चिनियाँ रक्षामन्त्रीको भ्रमणले दुई देशका सेना रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर र मजवुद बनाउन थप मद्धत पुग्ने नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण