फर्किए चिनियाँ रक्षामन्त्री वेई फेंग्हे
काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे एकदिने नेपाल भ्रमण पुरा गरेर फर्किएका छन् । आइतबार साँझ एयर चाइनाको विमानमार्फत उनी फर्किएका हुन् । २० सदस्यिय डेलिगेशन टिमसहित नेपाल आएका फेंग्हेलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । फर्किदा पनि गृहमन्त्री थापाले नै विदाइ गरेका थिए । रक्षामन्त्री फेंग्हे एकदिने नेपाल भ्रमण सकेर पाकिस्तान भ्रमणका लागि निस्केका हुन् ।
विदेशी पाहुनालाई स्वागत गर्दा यसपटक ‘बादल’ले नयाँ प्रयोग गरेका छन् ।उनले शिष्टाचार साट्दा यसअघि जस्तो हात मिलाउने र अंकमाल गर्ने संस्कार छाडेर कुहिनो ठोक्काए । चिनियाँ रक्षमन्त्री फेंग्हेले प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।
कोभिड–१९ को जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न वेई फेंग्हे सहमत भएका छन् । जंगी अड्डामा आयोजित छलफलमा नेपाली सेनाका लागि पूर्वघोषित दुई अर्ब ४० करोड नेपाली रुपैयाँ चाँडै उपलब्ध गराउन फेंग्हेले प्रतिवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण