नेकपा कसैले फुटाउन सक्दैन: झलनाथ खनाल
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीकसैले फुटाउन नसक्ने दाबी गरेका छन् । मंगलबार इलामस्थित फिक्कलमा १५ शय्याको अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेकपा स्पातले बनेको पार्टी भएकाले कसैले नेकपालाई फुटाउन नसक्ने र नफुट्ने बताएका हुुन् ।
‘नेकपा स्पातले बनेको पार्टी हो यो फुट्दैन । कसैले फुटाउन पनि सक्दैन’, खनालको भनाइ छ । उनले संविधान र कानुनहरुले पनि पार्टीलाई फुटाउन नदिने बताए । ‘पार्टीलाई हामी बहस र छलफलको माध्यमबाट अझ बलियो बनाउने पक्षमा छौ, बहस छलफलबाट आत्तिनुपर्ने कुरा छैन । बहसबाट नेकपा रुपान्तरण हुँदै जान्छ’, खनालको भनाइ छ ।
नेकपामा देखिएको बहसबाट कोही पनि खुशी हुनुनपर्ने भन्दै उनले नेकपा फुटिदिन्छ र ठूलो भाग खान पाउँछु भनेर कसैलाई नसोच्न पनि आग्रह गरे ।
‘पार्टीलाई चलाउँदा विधि र पद्धतिपूर्वक कसरी चलाउने, पार्टीलाई कसरी सम्बृद्ध र सुसंस्कृत पार्टी बनाउने अभियान पार्टी भित्र चलिरहेको र त्यही शिलशिलामा पार्टीका नेताहरुका बीचमा भिन्नताहरु देखापरेको हो’ खनालको दावी छ ।
‘कतिपय नेताहरुका बीचमा भिन्नताहरु देखापरेका छन्, मतमा, सोचमा, दृष्टिकोणमा, कार्यशैलीमा पद्धतिमा भिन्नताहरु छन’ खनालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण