राजावादीहरुको प्रदर्शन योगी नरहरिनाथहरुको भद्दा नक्कलः बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पुस्ताले ल्याएको लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको बताएका छन् । पछिल्ला दिन एउटै शैलीमा देशका प्रमुख शहर र काठमाडौंमा गरिएका राजावादीहरुको प्रदर्शनको कडा आलोचना गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष भट्टराईले ती प्रदर्शनलाई ०१७ सलाका योगी नरहरिनाथहरुको भद्दा नक्कलको संज्ञा दिएका छन् ।
उनले भनेका छन्ः ‘यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ। तर यो२१औं शताब्दी हो, ससार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन्। हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको छ है !’ एउटै शैली पछिल्ला दिन काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भैरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण