देशभर तीन हजार किमि सडक मर्मत गरिँदै
मङ्गलबार, १६ मङ्सिर २०७७, ०६ : ३७
काठमाडौँ । मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिनेभएको छ । ‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायातको विकासको पाँच वर्षे महत्त्वाकाङ्क्षी रणनीतिक योजना’ अन्तर्गत मर्मतको काम थालिएको हो ।
रणनीतिक योजना अन्तर्गत मुलुकको मुख्य सडकको मर्मत कार्य अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए । उनले मर्मत कार्यक्रम अन्तर्गत बढी ट्राफिक चाप हुने प्रमुख राजमार्ग (कोर रोड नेटवर्क) का सडकमा मर्मत गरिनेछ ।
यस कार्यक्रमका लागि नीतिगत रूपमा सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ भने । यस कार्यक्रमका लागि सडकको समेत छनोट भइसकेको र त्यसमा मुलुकका सबै प्रमुख राजमार्ग परेको उनले जानकारी दिए । कम्तीमा दैनिक दुई हजार व्यक्ति आवतजावत गर्ने सडकलाई ‘कोर रोड नेटवर्क’ भन्ने गरिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण