बाटोमा महिलासँग ठोक्किएको निहुँमा रौतहटमा युवकको हत्या
रौतहट । रौतहटमा फेरि एकजना युवकको हत्या भएको छ । जिल्लाको उतरपूर्वी बृन्दाबन नगरपालिका वडा–३ का १९ वर्षीय रविराम चमारले गत राति सामान्य विवादमा सोही वडाका १८ वर्षीय नन्दकिशोर राम चमारको पेटमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते नन्दकिशोरको उपचारको क्रममा रातिनै चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै डिएसपी रवि रावलको नेतृत्वमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले आरोपी रविराम चमार, उसको बुबा लक्ष्मी राम चमार र विधालाल चमारलाई नियन्त्रणमा लिएको छ । साथै घटनामा प्रयोग भएको छुरासमेत प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको तथा घटना बारे थप अनुसंधान भैरहेको एसपी शाहले बताएका छन् ।
घटनाको प्रत्यक्षदर्शी तथा बृन्दाबन नगरपालिकाका मेयर रामस्नेही यादवका अनुसार वडा ३ बिश्रामपुर गाउँसँगै चमारजातीको बसोबास भएको राम टोल रहेको छ । रामटोलमा गएराति नन्दकिशोर राम बाटोमा हिड्ने क्रममा एकजना महिलाको खुट्टामा ठोक्किन जाँदा विवाद सुरु भएको थियो ।
भनाभन र सामान्य हात हालाहाल हुँदै आरोपि रविराम चमारले अचानक तरकारी काट्ने छुरा ल्याएर नन्दकिशोर राम चमारको पेटमा प्रहार गरेको मेयर यादवले बताएका छन् । लगतै एम्बुलेन्स बोलाएर घाइतेलाई उपचारको लागि चन्द्रपुर पठाइ प्रहरीलाई खबर गरेको नगर प्रमुख यादवले जानकारी दिएका छन् ।
हिजो मात्र माधव नारायण नगरपालिकाका दलित दसैंरामको हत्याको घटना सुल्झिन नपाउँदै आज यस्तो घटना दोहरिएको छ । गत साउन २५ गते गरुडा नगरपालिका वडा ८ जिंगडियाका दलित युवक निरन्जन राम चमारको हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण