बलिउड अभिनेता चियानको घर बमले उडाउने धम्की
मुम्बई । साउथ सुपरस्टार चियान विक्रमलाई घर बमले उठाउने धम्की मिलेको छ । सोमबार एक ब्यक्तिले उनलाई फोनबाट उक्त धम्की दिएका हुन् । धम्की आउने बितिकै विक्रमले उक्त कुराको जानकारी पुलिसलाई खबर दिएका थिए । खबर गर्ने बितिक्कै पुलिस कुकुर र बम डिस्पोजल टोलीसहित उनको घरमा पुगेको थियो ।
तत्कालै पुलिसले धम्की दिने ब्यक्तिको समेत खोजतलास समेत गरेको थियो । सो क्रममा विल्लुपुरम नामका एक ब्यक्तिले सो धम्की दिइको पत्ता लागेको छ । अन्य अनुसन्धान भइरहेको छ । विक्रम चेन्नाइको बेसेन्ट नगरमा बस्दै आएका छन् ।
यसरी फोनबाट धम्की पाउने उनी पहिलो अभिनेता भने होइनन् । उनीभन्दा अगाडि फोनबाट यस्तै धम्की कलाकार विजय विजय, अजित, सुर्या, विजयकान्त र रजनीकान्तलाई पनि मिलेको थियो । कामको कुरा गर्ने हो भने चियान विक्रम पछिल्लो समय फिल्म ‘कदरम कोन्डन’ मा देखिएका थिए । अहिले भने उनी अजय ज्ञानमुथुको निर्देशन रहने फिल्म ‘कोबरा’ सुटिङको पर्खाइमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण