सवारी ज्यान मुद्दाका फरार आरोपी १५ वर्षपछि पक्राउ
काठमाडौं । पूर्व–पश्चिम राजमार्गस्थित सुनसरीको साविक मधेशा गाविस–४ मा ०६२ मंसिरमा सवारी दुर्घटना भयो । दुईवटा बस आपसमा ठोक्किँदा सुनसरी ईनरुवा–३ घर भएकी १८ वर्षीया लक्ष्मी श्रेष्ठको ज्यान गयो । कस्तुरी उच्च माध्यमिक विद्यालय ईटहरीका विद्यार्थी बोकेको को.२ ख ६० नम्बरको बस र काठमाडौंतर्फ जाँदै गरेको ना.२ ख ९१५९ नम्बरको मकालु बस आपसमा ठक्कर खाएको थियो ।
दुर्घटनापछि भागेका कस्तुरी उच्च माध्यमिक विद्यालयका बस चालक ३३ वर्षीय बलराम सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्रेको छ । ग्रामथान गाउँपालिका–२ घर भएका सरदारलाई विराटनगरबाट पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले रातोपाटीलाई बताए ।
सरदारले हाँकेको गाडीको ठक्करबाट गम्भिर घाइते भएकी लक्ष्मीको उपचारका क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा निधन भएको थियो । १५ वर्षपछि पक्राउ गरिएका सवारी ज्यान मुद्दाका आरोपीलाई जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण