बाबुरामको प्रश्नः पार्टीका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने कुरा संविधानको कुन धारा अन्तर्गत हो ?
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउन नेताहरुको पछिल्ला गतिविधिप्रति कडा आलोचना गरेका छन् । अध्यक्ष भट्टराईले पटक पटक पार्टी र राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने र राष्ट्रपतिले बोलाउने कुरा संविधानको कुनै पनि धारामा नरहेको भन्दै आलोचना गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता भट्टराईले पार्टी र राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने र राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धारा अन्तर्गत हो भन्दै प्रश्न समेत गरेका छन् । उनले त्यस्तो शक्तिशाली, सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान सकिने नत्र जसले अगुवाई गर्दै आए उनीहरुले नै ती नियमहरु मिच्दै गएको दाबी गरेका छन् ।
अध्यक्ष भट्टराईले भनेका छन्ः ‘पटकपटक पार्टी/राज्यका समस्या लिएर राष्ट्रपतिकहाॅ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धारा अन्तर्गत हो?त्यस्तो शक्तिशाली/सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊॅ न त!नत्र यो जो अगुवा उही बाटो ह..अति भो !’

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण