फिल्म सुटिङकै क्रममा बलिउडका ३ कलाकारलाई कोरोना संक्रमण
मुम्बई । बलिउड स्टार वरुण धवन, नीतु कपुर र अनिल कपुर कोरोना संक्रमित भएका छन् । फिल्म ‘जुग जुग जियो’ सुटिङको क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । फिल्मका निर्देशक राज मेहतामा समेत कोरोना देखिएको छ । फिल्मको सुटिङ पछिल्लो समय चन्डीगढमा भइरहेको थियो । त्यही क्रममा कलाकार र निर्देशक कोरोना संक्रमित भएका हुन् ।
कलाकार ठिक भएर रिपोट नेगेटिभ नआउन्जेलका लागि फिल्मको सुटिङ भने अहिले रोकिएको छ । सबै कलाकारको कोरोना टेष्ट रिपोट बिहिबार बाहिर आएको थियो । जसमा पोजेटिभ देखिएको थियो । फिल्मकी अभिनेत्री कियारा आडवाणीको बिषयमा भने अहिले समाचार बाहिर आएको छैन ।
तिनै कलाकारले फिल्मको सुटिङ नोभेम्बरमा शुरु गरेका थिए ।फिल्ममा बरुण धवन, कियारा आडवाणी, अनिल कपुर र नीतु कपुरको मुख्य भुमिका रहेको छ । नीतु ७ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा फर्किएकी हुन् । उनी पछिल्लो समय २०१३ मा फिल्म ‘बेशरम’ मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण