दृष्टिकोण
- रवीन बस्ताकोटी
कपाल कोरेर चिटिक्क पारेको होस्
या मरुभूमिको सिउँडी जस्तो जिङग्रिङ्ग परेको होस्
त्यसभित्र रहेको मष्तिकको खाल्डोको
आयतन नाप्दा समान छ
तिम्रो र मेरा लागि एउटै समाज विद्यमान छ
तर तिमीभन्दा म भिन्न छु
म तिमीभन्दा फरक छु ।
भौतिकतामा
हामी एउटै वस्तुका अवलोकन गर्छौं
तिमो सोचाइ र मेरो बुझाइ फरक छ
त्यसैले
तिमीभन्दा म भिन्न छु
म, तिमीभन्दा फरक छु र
एउटा अगेनु हेर्दा
तिमी बलिरहेको आगो देख्छौँ
म चिसो चुल्हो र भोको पेट देख्छु
तिमी बलिरहेको आगोमा बार्बिक्यु देख्छौ
त्यसको मीठो बासना सुँघ्छौ ।
म बलिरहेको आगोमा एउटा चिता देख्छु
त्यसको नमीठो गन्ध पाउँछु ।
सुटबुटमा मान्छे हिँड्दा,
तिमी उसको व्यक्तित्वको आवरण देख्छौ
म खोक्रो आडम्बरको ढ्वाङ देख्छु
तिमी सुकिलो कपडामा इज्जत देख्छौ
तिमी अत्तरको सुगन्ध पाउँछौ
म भ्रष्टचारको नमीठो गन्ध पाउँछु ।
म श्रमिकको भिजेको कपडामा इज्जत देख्छु ।
मैलो लुगामा मान्छे हिँड्दा
तिमी असभ्य र फोहोरीको उपमा दिन्छौ
म अभाब र उत्पीडनको सिकार भएको देख्छु
म गरिबीको चरम सीमा देख्छु
तिमी त्यस लुगाबाट आएको अमिलो गन्ध सुँघ्छौ
म त्यहाँ श्रमकको मीठो सुगन्ध पाउँछु
पौरखी हातहरू र स्वाभिमान देख्छु ।
बाटोमा युगल जोडी देख्दा
तिमी प्रेमको एउटा सुन्दर नमुना देख्छौ
म पश्चिमाको नचाहिँदो सिकोको प्रारूप देख्छु
तिमी उपहार र गिफ्टहरूमा समर्पण भावको उदाहरण देख्छौ
म प्रेममा धन मोहको निकृष्टता देख्छु
मनभन्दा तनको उपयोग देख्छु
म त्यहाँ प्रेमभन्दा पनि वासनाको संसार देख्छु ।
गुलाबको बोटहरूमा,
तिमी नगन्य सङ्ख्यामा रहेका फूल र कोपिलाहरू देख्छौ
म सयौँमा रहेकाम घुम्रे काडाँहरू देख्छु
तिमी फललाई अमर प्रेमको प्रतीक सम्झी प्रेमीलाई दिन्छौ
म ओइलिएर झरेको पूmल देख्छु
फूलझैँ झरेको प्रेम देख्छु
म विछोडको पीडासँगै बाकिरहने घुम्रे काँडाहरू देख्छु
हो, त्यसैले
तिमीभन्दा म भिन्न छु
म तिमीभन्दा फरक छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण