कविता : मतदाता
शनिबार, २० मङ्सिर २०७७, १२ : ०६
- राजेश ढुंगाना
हाँसेर फिस्स
मतदाता
परिचय–पत्रका लागि
हूलका हूल मान्छेहरु
पसिना काड्दै लाममा लागेर
के के नै
हुन्छ भने झैं मुसुक्क हाँसेर
फोटो खिचाई रहेछन्
देश सधैं
रोइरहे पनि
केवल आपूm मात्र
हाँस्न पाए पुग्यो
र त अहिले पनि फिस्ससँग
हाँसेर लाममा लाग्दै
चुनावका लागि
मतदाता बन्न भनेंर
फोटो खिचाई रहेछन् !
म स्वयं पनि त्यही हूलमा
लुरुलुरु मिसिएर
लाम लाग्दै
फिस्स हाँसेर
भोट दिन पाउने
त्यही फोटो खिचाउँदैछु !
बाक्सामा
भोट खसाएपछि
न उनीहरुले
हामीलाई खोज्छन्
न हामीले
उनीहरुलाई नै भेट्टाउँछौं
त्यही पनि
अर्को चुनावमा
अहिले भन्दा उत्साही बनेर
मतदान गर्छौं !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण