चाणक्य नीतिः करोडपति बन्ने तीन राज
एजेन्सी – चाणक्यका अनुसार हरेक व्यक्तिको चाहना धेरै पैसा कमाउने, धनि बन्ने, जीवनमा हरेक प्रकारका सुख भोग गर्ने हुन्छ । तर, यस्ता इच्छा पूरा गर्नका लागि भित्री इच्छाशक्ति बलियो हुन आवश्यक छ ।
चाणक्य नीतिका अनुसार नराम्रो बानी हुने व्यक्तिहरु कहिल्यै सफल हुँदैनन् । असल बानी र व्यवहारका कारण मानिसहरु सफल हुन्छन् । चाणक्यका अनुसार लक्ष्मी माताको आर्शिवाद प्राप्त गर्नका लागि लक्ष्मी देवीको पूजाआरधना गर्नुपर्छ ।
चाणक्यलाई देशकै सर्वश्रेष्ठ विद्वानका रुपमा चिनिन्छ । उनी विश्व प्रसिद्ध विश्वविद्यालयमा सम्बद्ध थिए । उनी उक्त विश्वविद्यालयमा शिक्षण गर्थे । उनको अध्ययन र अनुभवका कारण उनको नीतिलाई चाणक्य नीतिको रुपमा चिनियो । उनका नीतिहरुले कुनै पनि व्यक्तिलाई सफल बन्न प्रेरित गर्छ ।
धनवान् बन्नका लागि कठोर परिश्रम
चाणक्यका अनुसार धनकी देवी लक्ष्मीले ती व्यक्तिहरुलाई कृपा गर्छिन् जो कुनै पनि काम पूरा मेहनत र इमानदारीताका साथ पूरा गर्छन् । त्यसैले सधैँ कठोर मेहनत गर्नका लागि तयार रहनुस् । जो व्यक्ति समयमा नै सबै काम गर्छ त्यस्ता व्यक्ति सफल रहन्छन् ।
योजना बनाएर लक्ष्म पूरा गर्नुस्
चाणक्यका अनुसार आफ्नो लक्ष्य पूरा गर्नका लागि सधैँ योजना बनाउने गर्नुपर्छ । जो व्यक्तिले प्रत्येक कार्यमा योजना बनाउँछ । त्यही व्यक्ति सफल हुन्छ । जो व्यक्ति योजना बनाएर काम गर्छ त्यस्ता व्यक्तिसँग कहिल्यै धनको कमि हुँदैन । किनकी यस्ता व्यक्तिहरुले समयको महत्त्व बुझेका छन् र उनीहरुमाथि नै लक्ष्मी देवीको आर्शीवाद रहने गर्छ ।
मानवहितमा ध्यान राख्नुस्
चाणक्यका अनुसार जो व्यक्ति आफ्नो कार्य गर्दा मानवहितमा ध्यान राख्नुपर्छ । ती व्यक्तिहरुलाई लक्ष्मी माताले कृपा गर्छिन् भन्ने विश्वास गरिन्छ । धनको प्रयोग कहिल्यै पनि कसैको अहित गर्नका लागि प्रयोग गर्नुहुँदैन । धन भएको समयमा अरुको भलो गर्नका लागि पनि प्रयोग गर्ने गर्दा आफूसँग कहिल्यै धनको कमि हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण