शाहरुख खानसँग भएका २०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीज
एजेन्सी – बलिउडका राजा तथा चर्चित अभिनेता शाहरुख खानले बलिउड प्रवेश गर्नुअघि ५० रुपियाँ भारतीय रकम लिएर काम गरेका थिए । उनी हाल बलिउडका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनीसँग अहिले १०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीजहरु छन् ।
मन्नत
मिडिया रिपोर्टका अनुसार मुम्बईस्थित शाहरुख खानको घरको मूल्य २०० करोड रुपियाँभन्दा बढी रहेको छ । उनले उक्त घर सन् २००१ मा घर खरिद गरेका थिए । उनले उक्त घरको नाम ‘विला वियेना’ राखेका छन् । जुन नाम परिवर्तन गरेर उनले ‘मन्नत’ नाम राखे । उनको घरमा सबै सुख, सुविधासहित स्वीमिङ पुल, जिम, ओडिटोरियम, मिनि थिएटर र लाइब्रेरी जस्ता सुविधाहरु रहेका छन् ।
लण्डनमा रहेको लग्जरी भिला
उनको मुम्बईमा मात्र होइन विदेशमा पनि भव्य बंगला रहेको छ । उनको सेन्ट्रल लण्डनको पार्क लेन इलाका भव्य बंगला रहेको छ । उक्त बंगलाको मूल्य २०० करोडभन्दा बढी छ ।
रेड चिली इन्टरटेनमेन्ट
शाहरुख खान र गौरी खानको स्वामित्वमा रहेको ‘रेड चिली इन्टरटेन्टमेन्ट’ देशकै ठूलो वीएफएक्स र प्रोडक्शन कम्पनीहरुमा एक हो । यो कम्पनी सन् २००२ मा स्थापना भएको उक्त कम्पनीले ‘रा–वन’, ‘माइ नेम इज खान’, ‘डियर जिन्दगी’ जस्ता फिल्महरु बनिसकेको छ । उनको यो कम्पनीको मूल्य अहिले ५०० करोडभन्दा बढी रहेको छ ।
कोलकाता नाइट राइडर्स
फिल्मका साथ साथै शाहरुखको लगानी खेलमा पनि रहेको छैन । मिडिया रिपोर्टको अनुसार शाहरुख खानले कोलकाता नाइट राइडर्स टीममा खानको लगानी ५५ प्रतिशत हिस्सा रहेको छ । सन् २०१९ मा टिमको कुल मूल्य ६३० करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण