आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कब्जियतबाट छुटकारा पाउन भिजाएको ओखर, अन्य ७ फाइदा

आइतबार, २१ मङ्सिर २०७७, १३ : ००
आइतबार, २१ मङ्सिर २०७७

एजेन्सी – थुप्रै गम्भीर रोगहरुबाट बच्नका लागि ओखर खानु आवश्यक छ । यसमा भिटामिन, मिनरल्स, पोटाशियम, फाइबर र क्याल्शियम जस्ता पदार्थहरु भारी मात्रामा पाइन्छ । यसका साथै, म्याग्नेशियम, फस्फोरस, कपर र सेलेनियम जस्ता पोषक तत्व पनि भरपुर मात्रामा पाइन्छ । ओखर भिजाएर खाँदा झन् धेरै फाइदाजनक हुन्छ ।

१.मधुमेह
भिजाएको ओखर खाँदा मधुमेहका बिरामीलाई फाइदाजनक हुन्छ । ओखरले रगतमा हुने चिनीको मात्रा सन्तुलन गर्छ । हरेक दिन २ वा ३ वटा ओखर भिजाएर खाँदा मधुमेह टाइप–२ को खतराबाट बचाउँछ । 

२. मुटुको सुरक्षा
भिजाएको ओखरमा एसिड ओमेगा–३ को मात्रा भरपुर हुन्छ । यसलाई भिजाएर खाँदा मुटुको सुरक्षा गर्छ । यसले रक्तचाप नियन्त्रणमा राख्ने र कोलेस्ट्रोल सन्तुलित राख्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ । साथै, मुटुको रोग हुनेहरुले दैनिक ओखर खाने गर्नुपर्छ । 

३. क्यान्सरको खतरा कम 
पाठेघरको क्यान्सर, स्तन क्यान्सर र कोलोरेक्टर जस्ता खतरनाक क्यान्सरको खतराबाट बच्नका लागि ओखर खानुपर्छ । ओखरमा पोलिफेनाल इलागिट्यानिन्स नामक तत्व पाइन्छ जसले क्यान्सरसँग लड्न मद्दत गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर सेललाई बढन् दिँदैन । साथै, भिजाएको ओखरले हर्मोन सन्तुलन राख्छ ।

४. गर्भावस्था
गर्भवतीहरुका लागि ओखर निकै फाइदाजनक हुन्छ । यसमा हुने ओमेगा–३ एसिडले बच्चाको दिमागको विकास गर्छ । साथै, गर्भवती आमालाई पनि स्वस्थ राख्छ ।

५.रोगप्रतिरोधी क्षमता
ओखरले रोगप्रतिरोधात्मक क्षमतामा पनि विकास गर्छ । यसमा हुने एन्टिअक्सिडेन्टले रोग लड्न सक्ने क्षमता विकास गर्छ ।

६.कब्जियतबाट छुटकारा
कब्जियतको समस्याबाट पीडितका लागि ओखर बरदान सावित हुनसक्छ । साथै, यसले पेटसँग सम्बन्धित रोगहरुबाट समेत बचाउँछ । यसमा फाइबर, पेट गडबढ हुनबाट जोगाउने र कब्जियतको समस्यालाई टाढा राख्छ ।

७. हड्डी मजबुत
ओखरमा हुने क्याल्शियम र प्राटिनले हड्डी र दाँतलाई मजबुत बनाउँछ । यसमा अल्फा–लिनोलेनिक एसिड हुने भएकाले हड्डीलाई मजबुत बनाएर हाडजोनी दुख्ने समस्या कम गराउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप