सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ओली बैठकमा उपस्थित हुनुभएको छः रावल

आइतबार, २१ मङ्सिर २०७७, १६ : १६
आइतबार, २१ मङ्सिर २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदूर पश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठकमा उपस्थित हुनुभएको बताएका छन् । स्थायी समिति बैठक सकेर बाहिरिने क्रममा नेता रावलले अध्यक्ष ओलीले बैठकमा पत्र पठाएर उपस्थिति जनाउनुभएको बताएका हुन् ।

नेता रावलले भने, अध्यक्ष शशरीर उपस्थित नभएपनि बैठकमा पत्र पठाउनुभएको छ । पत्र पठाएपछि त सहभागी भएकै बुझिन्छ ।’ नेता रावलले आइतबारको बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल भएको बताए ।

उनले आगामी मंसिर २८ गते बस्ने स्थायी समिति र पुष ५ मा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीभित्रको समस्या समाधान गर्न गम्भीर छलफल हुने बताए । ती बैठकमा पार्टीमा उठेका विषयमा बोल्ड निर्णय गर्ने समेत उनले बताए ।

उनले भने, ‘पार्टीमा उठेका वियायमा बोल्ड निर्णय गर्छौ । पाटीलाई अनिर्णयको बन्दी बनाउँदैनौ । छलफलका क्रममा लचकता अप्नाउने ठाउँमा अप्नाउँछौ, तर यथोचित निर्णय गरेर जान्छौ ।’  सो पार्टीको आगामी मंसिर २८ गते स्थायी समिति, पुष ५ मा केन्द्रीय समिति बैठक बस्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप