शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

टिसर्टबाट प्राइस ट्याग हटाउन बिर्सिएकी मानुषी छिल्लर सोसल मिडियामा ट्रोल

सोमबार, २२ मङ्सिर २०७७, १० : ५०
सोमबार, २२ मङ्सिर २०७७

मानुषी छिल्लर आजकाल कुनै न कुनै कारणले चर्चामा छाइरहन्छिन् । हालै उनलाई एयरपोर्टमा देखिएको थियो । यतिबेला रोचक के भइदियो भने उनले आफूले लगाइरहेको कालो टिसर्टबाट प्राइस ट्याग हटाउन बिर्सिएकी थिइन् । उनले बिर्सिएको कुरा सामाजिक सञ्जालका प्रयोगकर्ताले देखे र उनलाई ट्रोल गर्न थाले ।

एयरपोर्टबाट निस्कने बित्तिकै मानुषीले प्रशंसकलाई हात हल्लाउँदै हेलो भनिन् । उनी निकै हतारमा थिइन् । क्यामरा उनी जताजता गयो त्यतै तिर तेर्सिरह्यो र जब उनी पछाडि फर्किइन् तब उनको कालो टिसर्टबाट ट्याग निस्किरहेको देखिएको थियो ।

उनको भिडियो सोसल मिडियामा प्रकाशित भएपछि प्रयोगकर्ताले उनलाई ट्रोल गर्न थाले । एक प्रयोगकर्ताले लेखे, ‘ट्याग लगाएर कहाँ जाँदै छौ ?’ यस्तै अर्काले लेखे, ‘लगाएर सायद फिर्ता गर्ने सोचमा होलिन् ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘ट्याग हटाउने पनि समय छैन उनीसँग ।’

यस्तै अर्का एकजनाले लेखे, ‘ट्याग त हेर्नुहोस् म्याडम जी ।’ साथै, अर्काले लेखे, ‘ट्याग त राखिरहेकी छौ ।’

स्मरण रहोस्, सन् २०१७ मा मिस वर्ल्डको उपाधि जितेपछि अब मानुषी बलिउडमा डेब्यू गर्दैछिन् । उनी ‘पृथ्वीराज’ मा अक्षय कुराको अपोजिटमा देखिनेछिन् ।

 यो फिल्म पृथ्वीराज चौहानको जीवनीमा आधारित छ । यसमा मानुषी संयोगिताको भूमिका निभाइरहेकी छिन् । मानुषीले एक अन्तर्वार्तामा आफू उक्त भूमिका पर्दामा निभाउनका लागि निकै उत्साहित छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप