९८ वर्षका दिलिप कुमारकी श्रीमतीले भनिन्, ‘साहब निकै कमजोर भएका छन्, उनका लागि प्रार्थना गरिदिनुहोस्’
सोमबार बिहानैदेखि दिलिप कुमारको स्वास्थ्य ठिक नभएको खबर भारतीय सञ्चार माध्यममा छाइरहेको छ । दिलिपकी श्रीमती तथा दिग्गज नायिका सायरा बानोलाई उद्धृत गरेर विभिन्न थरीका चर्चा सुरु भए । यता दैनिक भास्करसँगको कुराकानीमा भने सायराले भनिन्, ‘साहब ठिक हुनुहुन्छ । मात्र थोरै कमजोरी छ । भगवानलाई धन्यवाद । अहिले त उहाँ घरमा नै हुनुहुन्छ । दशकौंदेखि उहाँको हेरविचार गरिरहेका डाक्टरको समूहले उनको उपचार गरिरहेका छन् ।’
सायराले थपिन्, ‘साहब डाक्टर नितिन गोखले, अरुण शाह र डाक्टर शर्माको अब्जरभेजनमा हुनुहुन्छ । तीनैजनाको कार्डियोलोजी, न्यूरोलोजी र मेडिसिनमा एक्सपर्टिज छ । साहबलाई इम्युनिटी बढाउनका लागि साधारण औषधी दिनुहुन्छ । उहाँको इम्युनिटी राम्रो छ । कसैले उहाँको इम्युनिटी गडबड भएको अफवाह फैलाए । थोरै कमजोर भने हुनुहुन्छ । अरु त स्वास्थ्य पूर्ण रुपमा दुरुस्त छ ।’
रिपोर्टमा दाबीः सायराले प्रार्थनाको अपिल गरिन्
एक् रिपोर्टमा सायरालाई उद्धृत गर्दै लेखिएको छ, ‘दिलिप साहब ठिक हुनुहुन्नँ । निकै कमजोर हुनुभएको छ । कहिलेकाँही हिँडेर हलमा जानुहुन्छ र पुनः आफ्नो कोठामा फिर्ता हुनुहुन्छ । उहाँको इम्युनिटी कम छ । उहाँको राम्रो स्वास्थ्यका लागि प्रार्थना गर्नुहोस् । हामी हरेक दिनका लागि भगवानप्रति आभारी छौं ।’
‘प्रेम गर्छु त्यसैले हेरविचार गरिरहेकी छु’
यसै रिपोर्टमा बताइए अनुसार सायराले भनिन्, ‘म दिलिप साहबको हेरविचार यसकारण गरिरहेकी छु किनभने म उहाँलाई प्रेम गर्छु । कुनै दबाबमा गरिरहेकी छैन । कसैले मेरो तारिफ गरोस् र मलाई समर्पित श्रीमती भनोस् भनेर उहाँको हेरविचार गरिरहेकी छैन । उहाँलाई छुन र अँगालो हाल्न सक्छु, यो नै मेरो सबैभन्दा राम्रो पक्ष हो । म उनलाई प्रेम गर्छु र उनी मेरो जीवन हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण