कसैको दुःख हटाउन चाहनुहुन्छ भने आफूमा दुःख सहने क्षमता हुनुपर्छ
कहानीः स्वामी विवेकानन्द र उनकी गुरु आमा शारदासँग जोडिएको घटना छ । विदेशयात्रामा जानुअघि विवेकानन्द आफ्नी गुरु शारदासँग अनुमति माग्न र आशीर्वाद लिन पुगे ।
उनले गुरुलाई भने, ‘आमा म संसारको दुःख हटाउन चाहन्छु । म निकै लामो यात्रामा जाँदैछु । तपाईं मलाई आशीर्वादसहित यस्तो ज्ञान दिनुहोस् जुन विश्व कल्याण्को उद्देश्यमा मलाई काम लाग्न सकोस् ।’
शारदा निकै सहज र विद्वान थिइन् । उनी त्यतिबेला भान्साको काम गरिरहेकी थिइन् । उनले विवेकानन्दको कुरा सुनिन् र भान्सामा राखिएको चक्कूतर्फ इशारा गर्दै भनिन्, ‘मलाई त्यो चक्कू देउ न ।’
विवेकानन्दले शारदालाई चक्कू दिने बित्तिकै उनले भनिन्, ‘मेरो आशीर्वाद सधैं तिमीसँग छ । मैले थाहा पाइसकेकी छु कि तिमीले संसारको सेवा पक्कै पनि गर्नेछौ ।’
यो कुरा सुनेर विवेकानन्द अचम्मित भए । उनले भने, ‘आमा, मैले चक्कू उठाएर दिँदा तपाईंलाई कसरी थाहा भयो कि मैले संसारको सेवा गर्न सक्नेछु ।’
आमा शारदाले भनिन्, ‘तिमीले जसरी मलाई चक्कू दियौ, मैले त्यत्तिले नै यो कुरा बुझेकी हुँ । ’
विवेकानन्दले चक्कूको धारिलो हिस्सा आफूतिर र समात्ने भाग चाहिँ आमातिर देखाउँदै चक्कू दिएका थिए ।
आमा शारदाले भनिन्, ‘तिम्रो प्रवृत्तिले देखाउँछ कि तिमी समस्या आफैं सहन्छौं र सुरक्षा अरुलाई दिनेछौ ।’
पाठः
जो व्यक्तिले आफूले दुःख सहेर अरुलाई सुख दिन्छ, त्यो व्यक्तिले मानवताको सेवा गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण