
१२ औँ मानवअधिकार राष्ट्रिय महाभेला बुधबारबाट सुरु हुने

नेपालमा ५ दिने १२ औँ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ विशेष कार्यक्रम बुधबारबाट सुरु गरिने भएको छ । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महाभेला आयोजकले ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।
‘महामारीमा मानवअधिकार स्वास्थ्यसेवामा सबैको पहुँच’ राष्ट्रिय नाराका साथ हुने महाभेलाको मुल कार्यक्रम मंसिर २४ गते विहान ११ बजे जुममार्फत गरिने जनाइएको छ । उक्त कार्यक्रममा संचार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङ सहभागी हुने महाभेलाले जानकारी दिएको छ । महाभेलाको समापन मंसिर २८ गते जुममार्फन नै गरिने संयोजक गोविन्द बहादुर शाहीले जानकारी दिए ।
५ दिन देशभर प्रदेश स्तरीय, जिल्ला स्तरीय र अन्य विषयगत सवालहरुमा आधारित भएर विभिन्न कार्यक्रम गरिने बताइयो । महाभेलाले मुलुकमा रहेको मानवअधिकारको अवस्थालाई चित्रित गर्ने विश्वास लिइएको छ । त्यसैगरी मानवअधिकारको अवस्थालाई अझ सुदृढ बनाउन मार्गनिर्देश गर्ने आयोजकको भनाइ छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ