१२ औँ मानवअधिकार राष्ट्रिय महाभेला बुधबारबाट सुरु हुने
नेपालमा ५ दिने १२ औँ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ विशेष कार्यक्रम बुधबारबाट सुरु गरिने भएको छ । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महाभेला आयोजकले ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।
‘महामारीमा मानवअधिकार स्वास्थ्यसेवामा सबैको पहुँच’ राष्ट्रिय नाराका साथ हुने महाभेलाको मुल कार्यक्रम मंसिर २४ गते विहान ११ बजे जुममार्फत गरिने जनाइएको छ । उक्त कार्यक्रममा संचार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङ सहभागी हुने महाभेलाले जानकारी दिएको छ । महाभेलाको समापन मंसिर २८ गते जुममार्फन नै गरिने संयोजक गोविन्द बहादुर शाहीले जानकारी दिए ।
५ दिन देशभर प्रदेश स्तरीय, जिल्ला स्तरीय र अन्य विषयगत सवालहरुमा आधारित भएर विभिन्न कार्यक्रम गरिने बताइयो । महाभेलाले मुलुकमा रहेको मानवअधिकारको अवस्थालाई चित्रित गर्ने विश्वास लिइएको छ । त्यसैगरी मानवअधिकारको अवस्थालाई अझ सुदृढ बनाउन मार्गनिर्देश गर्ने आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण