प्रधानमन्त्री ओलीलाई अशोक राईको कटाक्ष
प्रधानमन्त्री केपी ओली शर्मा उखानटुक्काको प्रयोग गर्न र व्यंग्यवाण प्रहार गर्न माहिर छन् । तिनै प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै उनका पूर्व सहकर्मी कमरेड तथा हाल जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले फेसबुकमा स्टाटस हालेका छन् ।
राईले आफ्नो स्टाटसमा यस्तो लेखेका छन् :
नेकपा अध्यक्ष र प्रधानमन्त्रीजीले दोश्रो पुस्तालाई जिम्मेवारी सुम्पिने प्रस्ताव अर्का कार्यकारी अध्यक्षलाई गरेको सुन्दा हिन्दीको एउटा भनाई सम्झेँ– ‘अगर हम जायेङ्गे तो तुमको भी साथ लेके जायेंगे ।’ सफा मनको अभाव !!
फेरि दोश्रो पुस्तामा ‘को त ?’ भन्ने प्रश्न त बाँकी नै छ । फेरि दोश्रो पुस्ताको कुरा चल्दा एउटा संस्कृतको भनाई याद आयो– ‘यथा गुरु तथा चेला ।’ जस्तो रोप्यो त्यस्तै फल्छ भन्छन् !!! के आशा गर्ने र ?
त्यस्तै अर्को स्टाटसमा पनि प्रधानमन्त्रीलाई नै कटाक्ष गर्दै राईले लेखेका छन् –
प्रधानमन्त्रीजीले नेकपा स्थायी कमिटीको बैठकलाई पठाएको सन्देशमा फेरि गजवको वाक्यांश प्रयोग गर्नु भएछ----" काँचो चना र दूध खुवाएर ल्याइएका मानिसहरु " भन्ने । पहिले पनि एउटा मिटिङ्मा कार्यकर्तालाई "अरिङ्गाल" बनाउनु भयो। फरक पार्टीलाई अरिङ्गाल बाट तह लगाउने र पार्टी भित्रकालाई काँचो चना र दूध खुवाएर तह लगाउने चलन चलेको हो नेकपामा? प्रधानमन्त्री भन्नुहुन्छ - "बैठकको हतारो छ, गर्नु नै छ भने गर्नुस् । काँचो चना र दूध खुवाएर ल्याइएका मानिसहरुबाट मलाई मानमर्दन गर्ने? स्थायी कमिटी र केन्द्रीय कमिटीमा किन लगिदैछ, मैले बुझेको छैन ? त्यहाँ के के छलफल हुन्छ, कसरी कुरा राख्छन्, सबै कुरामा म जानकारै छु।"
गम्भीर कुरा पो देखियो। अरिङ्गालबाट हामी डराउनु पर्ने अनि काँचो चना र दूध खाएकासँग प्रधानमन्त्री नै डराउनु पर्ने ! कस्तो लोकतन्त्र आयो नेपालमा ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण