कानुनी लफडामा फसे अभिनेता सैफ, दिल्लीमा दर्ता भयो केस
मुम्बई । ‘रामायण’मा आधारित रहेर निर्माण भएको फिल्म ‘आदिपुरुष’ मा रावणको भूमिका निभाएका अभिनेता सैफअली खान कानुनी लफडामा फसेका छन् । फिल्मको बिषयलाई लिएर दिएको एक अन्तर्वार्ताका कारण उनी कानुनी झन्झटामा परेका हुन् । अन्तर्वातार्मामा सैफले रावणले सिताको हरण गरेको बिषय जायज बताएका थिए ।
सैफको बिरुद्ध अहिले दिल्लीमा केस दर्ता गरिएको छ । उनको विरुद्ध विश्व हिन्दू महासंघ दिल्ली प्रदेश अध्यक्ष राजेश तोमरले केस दर्ता गराएका हुन् । उनले दर्ता गरेको उजुरीमा भनिएको छ, ‘सैफले जानीबुझी टिप्पणी गरेका हुन् । यसले करोडौ हिन्दुको भावनामा ठेस पुगेको छ । यो बयानका कारण समाजमा शान्ती भङ्ग हुनसक्छ ।’
एक वेभसाइटका लागि दिएको अन्तर्वार्तामा सैफले भनेका थिए ‘लंकेशको भूमिका नराम्रो छैन । त्यो मनोरन्जनात्मक र मानवीय देखाइएको छ ।’ ‘यसमा देखाइने छ सिताका अपहरण र रामसँगको युद्ध जायज थियो किनभने लक्ष्मणले रावणको बहिनी सुवर्णखाको नाक काटेका थिए’ सैफले इन्टरभ्युमा अगाडि भनेका थिए ।
आफ्नो बयानलाई लिएर विवाद बढ्ने देखेर सैफले एक स्टेटमेन्ट जारी गर्दै माफी समेत मागेका छन् । ‘मलाई खबर मिलेको छ । अन्तर्वार्तामा मैले दिएको बयानका कारण मानिहरुको भावनामा ठेस पुगेको छ । मेरो यो उदेश्य कहिलै थिएन’ स्टेटमेन्ट उनले अगाडि भनेका छन्, ‘म सबैसँग इमान्दारीसँग माफी माग्दछु । मैले दिएको बयानलाई फिर्ता लिन्छु । मेरो लागि भगवान राम जहिले पनि धार्मिकता र वीरताको प्रतिक रहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण