बेलायतमा भ्याक्सिन शुरु भएकै दिन ६ सय बढीको मृत्यु
लन्डन । बेलायतमा आम मानिसमा कोरोना विरुद्धको भ्याक्सिन वितरण गर्ने कार्य शुरु गरिएकै दिन ६ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यहाँ मंगलबारबाट आम मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन लागिएको छ । करिब एक वर्षअघि चीनबाट शुरु भएको कोरोना भाइरस महामारीका कारण विश्वभरमा १५ लाख ५५ हजार भन्दा बढीको ज्यान गैसकेको छ ।
बेलायतमा पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६२ हजार नाघेको छ । ९५ प्रतिशत सफल र विश्वसनीय मानिएको अमेरिकन तथा जर्मन कम्पनी फाइजर(बायोएनटेकद्वारा विकसित खोपलाई बेलायतले सबैभन्दा पहिले मान्यता दिएसँगै मंगलबारबाट खोप वितरण शुरु गरेको छ ।
खोप वितरण भएकै दिन पछिल्लो २४ घन्टामा थप ६१६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६२ हजार ३३ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप १२ हजार २८२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ लाख ७५ हजार २४१ पुगेको छ ।
हाल कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको बेलायतमा संक्रमण दर र मृतक संख्या तीव्र रुपमा बढिरहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि कोरोना विरुद्धको भ्याक्सिनको पहिलो दिन ९० वर्षकी मार्गरेट किनेन अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेको खोप लिएकी छन् । उक्त खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट शुरु भएको छ ।
स्कटल्याण्ड, वेल्स र नर्दर्न आयरल्याण्डले पनि मंगलबारदेखि खोप वितरण गरेका छन् । बेलायतमा पहिलो चरणमा ८ लाख डोज भ्याक्सिन दिइने छ । खोप लगाएका प्रत्येक मानिसलाई खोप कार्ड उपलब्ध गराइने भएको छ । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
-
चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण