तमिलकी नायिकाले २८ वर्षको उमेरमा गरिन् आत्महत्या, होटलको कोठाभित्र भेटियो शव
मनोरञ्जन क्षेत्रबाट अर्को एउटा दुःखद खबर सार्वजनिक भएको छ । तमिलकी चर्चित टिभी नायिका भिजे चित्राले आत्महत्या गरेकी छिन् । उनी २८ वर्षकी थिइन् ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनले नसरपेटको एक होटलमा फन्दा लगाएर आत्महत्या गरेकी छिन् । होटलको कोठामा उनको शव भेटिएको छ । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त रविसँग इन्गेजमेन्ट गरेकी थिइन् ।
नायिका भिजेलाई पांडियन स्टोर्सको सिरियलमा उनको भूमिकाका लागि चिनिन्छ । जुन अहिले टिभीमा प्रसारण भइरहेको छ । चित्रा यो धारावाहिकमा मुलईको भूमिकामा छिन् ।
एक रिपोर्टका अनुसार इवीपी फिल्म सिटीमा सुटिङ गरेपछि चित्रा राती करिब साढे २ बजे होटल फर्किएकी थिइन् । उनी होटलमा आफ्ना प्रेमीसँग बसिरहेकी थिइन् । प्रहरीलाई दिएको बयानमा हेमन्तले भने, ‘होटल आएपछि चित्राले आफू नुहाउन जान लागेको बताइन् तर धेरै बेरसम्म उनी बाहिर आइनन्, न नै ढोका ढक्ढकाउँदा उनले कुनै प्रतिक्रिया दिइन् । त्यसपछि मैले होटलका कर्मचारीलाई यसबारे जानकारी दिएँ र उनको डुप्लिकेट साँचोले ढोका खोल्दा उनको शव झुण्डिएको अवस्थामा भेटियो । ’
We miss you so much #VjChitra akka 😭😭😭😭 Can't believe that you are not with us 😪😔 Rest In Peace.. in soul. 😪😭 lots of prayers and support to your family and to your luvd ones... 😭😭😭😭😭 pic.twitter.com/WmAInDx72P
— Ajay Santhanam (@iamajaysandy) December 9, 2020
#RIPChitra #ripchithra #Chitra #VjChitra #Chithra A beautiful and good soul goes to Heaven. https://t.co/vvLcS3HB5F pic.twitter.com/WnLvGWJyeW
— ꜱᴜᴋᴜᴍᴀʀ ɢᴀɴɢꜱᴛᴇʀ (@sukumargangster) December 9, 2020
Such terrible news.... #VJChitra....may she rest in peace...#PandianStores https://t.co/qo9tN0CvC5
— Latha Srinivasan (@latasrinivasan) December 9, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण