ह्वाइट हाउसद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव
वासिङ्टन । ट्रम्प प्रशासनले मंगलबार कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज अगाडि सारिएको छ । अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले एक विज्ञप्ति प्रकाशन गरी नयाँ प्रस्तावले राज्यहरु र स्थानीय सरकारले गर्ने खर्च सहित व्यवसाय, विद्यालय र विश्वविद्यालयका लागि समेत बजेट व्यवस्था गरिएको बताएका छन् ।
उनले नयाँ आर्थिक प्याकेज ल्याउनुअघि कंग्रेसकी सभामुख नान्सी पेलोसीसँग परामर्श गरिएको पनि बताइन् । अर्थमन्त्री मन्चिनले राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लीकन पार्टीका नेताहरुसँग पनि आर्थिक प्रस्ताव ल्याउनुअघि छलफल गरेको जानकारी दिइन् । उनले अमेरिकी श्रमिक, परिवार र व्यवसायका लागि अति आवश्यक परेको आर्थिक सहायता उपलब्ध गराउनुपर्ने अहिलेको जटिल स्थितिमा कंग्रेसका दुबै दलबीच समझदारी हुनेमा आफू विश्वस्त रहेको पनि बताइन्।
अर्थमन्त्री मन्चिन र सभामुख पेलोसीबीच आर्थिक प्याकेजका सन्दर्भमा महिनौंदेखि छलफल भएको थियो, तर गत नोभेम्बरको राष्ट्रपति निर्वाचन हुनुअघि कुनै सम्झौता हुन सकेको थिएन । गत अक्टोबरको शुरुमै डेमोक्रेटिक पार्टीको बहुमत रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्सले २२ खर्ब डलरको राहत प्याकेज अनुमोदन गरेको थियो । कतिपय सिनेटका सदस्यहरुले भने राहत प्याकेज १० खर्ब डलरभन्दा सानो हुनुपर्ने जिकिर गरेका थिए ।
ह्वाइट हाउसले अघि सारेको यो नयाँ प्रस्ताव चुनावपछि ट्रम्प प्रशासनको पहिलो कदम हो । नयाँ आर्थिक प्याकेजको अभावमा धेरै अमेरिकीले आफ्नो बेरोजगारी भत्ताबाट विमुख हुनेछन् । अमेरिकी चेम्बर अफ कमर्शले अमेरिकी कंग्रेस समक्ष एक पत्र पठाउँदै अर्थपूर्ण राहत प्याकेजको अभावमा दोहोरो अंकको आर्थिक मन्दी छाउने, धेरै साना व्यवसाय सदाका लागि बन्द हुने तथा लाखौं अमेरिकी बेरोजगार हुने चेतावनी दिएको छ । सोमबारसम्म एक लाख १० हजारभन्दा बढी अमेरिकी रेस्टुराँ पूरै बन्द भएको राष्ट्रिय रेस्टुराँ संघले जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण