सगरमाथाको नयाँ उचाइ घोषणासँगै नेपाल र चीनबीचको मित्रता पनि नयाँ उचाइमा पुग्योः चीन
काठमाडौं । चीनले सगरमाथाको नयाँ उचाइ घोषणासँगै नेपाल र चीनबीचको मित्रता पनि नयाँ उचाइमा पुगेको दाबी गरेको छ । बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले सो कुरा बताएका हुन् । प्रवक्ता च्येनले सगरमाथाको नयाँ उचाइ घोषणा हुनु चीन र नेपाल बीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको बताए ।
उनले भने– ‘यसले ट्रान्स–हिमालयन बहुपक्षीय नेटवर्क विस्तारमा समेत सहयोग पुग्छ ।’ प्रवक्ता च्येनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली समकक्षी विद्यादेवी भण्डारीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेको उल्लेख गर्दै यसले दुई देशबीचको मित्रतामा नयाँ कोशेढुंगा थपिएको दाबी गरे ।
प्रवक्ता च्येनले दुई देशबीचको यो पहलकदमीले कोरोना महामारीबाट आक्रान्त विश्वमा नयाँ आशा जगाएको समेत स्पष्ट पारे । उनले चीन र नेपालले झैं मिलेर समझ्दारीबाट साथ काम गरेमा कोराना भाइरसलाई सजिलै हराउन सकिनेमा जोड दिए । चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको यसै वर्ष ६५ वर्ष पुग्ने बताउँदै उनले दुई देशको पहलकदमीबाट बिआरआईमा सहकार्यमा समेत प्रगति भैरहेको दाबी गरे ।
मंगलबार नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेमी बढेको घोषणा गरेका थिए । यो घोषणासँगै सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८.८६ मिटर स्थापित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण