नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री खुला
बिहीबार, २५ मङ्सिर २०७७, १२ : ४९

काठमाडौं । नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला भएको हो । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर मंसिर २५ गतेदेखि लिलामी बिक्री गर्दैछ । लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९ सय रुपैयाँभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।
लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन पाउनेछन् । लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिद गर्न पाउनेछन् । लिलामी शेयरमा पुस २ गतेसम्म आवेदन गर्न सकिनेछ । यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो
-
क्रान्तिकारीलले स्ववियु घोषणापछि आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद
-
पर्यटन व्यवसायीबिच ‘व्यवसायिक साझेदारी बैठक’
-
वनमन्त्री शाही जर्मनी प्रस्थान
-
नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा मल्ल