वेष्टर्नको १८ करोड हिनामीनामा ठुला सबै धरौटीमा छुटे
तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये ठुला बैंक सञ्चालक, सिइओ र सहायक सिइओ सबैलाई अदालतले धरौटीमा छाडेको छ । बेष्टर्न बैंक देब बिकास हुँदै अहिले कुमारी बैंकमा मर्ज भइसकेको छ । बैंक हिनामिनाका अभियुक्तमध्ये ६ जना बैंक सञ्चालकहरु जनही १२ लाख धरौटीमा छुटिसकेका छन् भने बैंकका सिइओ र सहायक सिइओ पनि धरौटिमा छुटे ।
१२ लाख धरौटीमा छुटेर मुद्दा खेपिरहेकाहरुमा बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, बैँक सञ्चालक समितिका सदस्यहरु खड्ग बुढाथोकी, अर्जुन बुढाथोकी, निर्मल देवकोटा, वेगमबहादुर भण्डारी, शेषमणि गौतम रहेका छन् । बैंकका सिइओ खिमबहादुर डिसि उच्च अदालतबाट ३० लाख धरौटी राखेर छुटेको र पुर्पक्षमा रहेका बैंकका सहायक सिइओ तथा कर्जा विभाग प्रमुख अनिलकुमार न्यौपाने सर्वोच्च अदालतबाट ५० लाख धरौटी तिरेर छुटेका अदालतका शाखा अधिकृत गोकर्ण वलिले जानकारी दिए ।
प्रहरीकै अनुसन्धानको सिलशिलामा ६ जना बैंक सन्चालकहरु र सिइओ डिसीसहित खातावालहरु लामो समय फरार रहे । सहायक सिइओसहित केही खातावाललाइ भने प्रहरीले अनुसन्धानको शिलशिलामा नियन्त्रणमा लिएर मुद्धा चलायो ।
प्रहरीले बैंकको १८ करोड हिनामिना प्रकरणमा यसअघि नै दुई महिना लाामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सरकारी वकिल कार्यालयले गएको कात्तिक ३ गते उक्त मुद्दा उच्च अदालत तुलसीपुरमा दायर गरेको थियो।
मुद्दा दायर गर्दा बैंक सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिती सदस्य, सिइओ फरार सूचीमा थिए। त्यसपछि अदालतले उनीहरूको घरमा म्याद टाँसेको थियो ।
बैंकको १८ करोड हिनामिना प्रकरणमा ६ जना बैंक सञ्चालक, सिइओ, कर्मचारी,ऋणी, खातावाल गरेर ५६ जनाविरुद्ध मुद्दा छ।
यसअघि नै पक्राउ परेकामध्ये बैंकका म्यानेजर समिर बुढाथोकी, मनोज केसी पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। केसीले २ करोड ८ लाख २३ हजार ४ सय ९२ धरौटी तिर्न नसकेपछि कारागार चलान भएका हुन् । त्यस्तै खातावालहरु बिजय कुमार गुप्ता १ करोड २२ लाख ६५ हजार, झगबहादुर डिसी १ करोड १९ लाख ५० हजार, बसन्तबहादुर बस्नेत ४ करोड ३० लाख ७२ हजार ५ सय सर्बोच्च अदालतबाट धरौटी तिरेर छुटेका छन भने खाताको रकम दुरुपयोग गरेकोमा रबिन कुमार डाँगी ३५ लाख ५१ हजार रुपैयाँ, लोन सहायक पोषणप्रशाद जैसी, वीरेन्द्र कुमार गुप्ता २०/२० लाख, अर्जुन बस्नेत २७ लाख रुपैयाँ उच्च अदालत तुलसीपुरबाट धरौटी तिरेर छुटेका छन् ।
१८ करोड हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेकामध्ये बैंकका सिइओ, सञ्चालक समितिका अन्य पदाधिकारी, बैंक ऋण बोर्ड सदस्यहरू फरार भएर सिधै अदालतमा हाजिर भएका थिए ।
बैंक हिनामीनामा मुछिएका धेरैजसो खातावाल, बैंकका कर्मचारी र बैंक सन्चालक,सिइओ, सहायक सिइओ सबै छुटिसकेका छन् । अदालतका शाखा अधिकृत वलीले सक्टुराम गुप्ता, बन्दना गुप्ता, अर्चना थापा खत्री, बसन्त बहादुर बुढाथोकी,लेखा परिक्षक प्रेम भुर्तेल साधारण तारीखमा रिहा भइसकेको जानकारी दिए । उनका अनुसार दुइ जना प्रतिवादी मात्र अदालतमा हाजिर भएका छैनन् । म्याद बुझेर हाजिर नहुनेमा यज्ञ वली र मदन डिसी रहेका छन् ।
बैंक घोटालामा संलग्नमध्ये बैंक सञ्चालक, सिइओ लगायको सम्पत्ति छानबिन गर्न मागसहित सम्पत्ति शुद्धीकरण विभागमा मुद्दा समेत परेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण