अनुहारको दाग धब्बा हटाउन तुलसीको पातको ५ फाइदा

एजेन्सी - तुलसी यस्तो औषधि हो जसले छालामा आउने जुनसुकै समस्यामाबाट छुटकारा दिन्छ । यसका साथै, हरेक तुलसीको पातको सेवनले शरीरमा हुने रुघाखोकी, इन्फेक्शन जस्ता समस्याबाट बचाउँछ । तुलसीको पात हरेक दिन अनुहारमा लगाउँदा अनुहारमा हुने दागधब्बाबाट पनि बचाउँछ ।
दागधब्बा
अनुहारमा आउने दागधब्बा शरीरमा रगतको कमिका कारण पनि आउने गर्छ । जसलाई हटाउन फलफूल तथा सागसब्जी खाने गर्नुपर्छ । यसका साथै, यी खानेकुराहरुमा क्याल्श्यिम, प्रोटिन, फस्फोरस जस्ता पदार्थहरु पाइन्छ । त्यसलै यस्ता खानेकुरा खाँदा पनि अनुहारको दागधब्बा कम हुन्छ ।
तुलसीको पातको प्रयोग
तुलसीको पातमा कागतीको रस मिसाएर लगाउने गर्नुपर्छ । एक चम्चा तुलसीको पेस्टमा आधा कागतीको रस मिसाउने र यसको पेस्ट अनुहारमा लगाउने र त्यसलाई सुख्खा हुन दिने । यसले अनुहारमा आउने डार्क सर्कलबाट पनि बचाउँछ ।
तुलसीको पात र मिल्क क्रिम
एक चम्चा दूधको क्रिममा एक चम्चा तुलसीको पातको पेष्ट मिसाउने र अनुहारमा लगाएर छोडिदिने त्यसलाई केही समयपछि पखाल्ने गर्दा अनुहार सफा हुँदै जान्छ ।
तुलसीको पात र आँटा
आँटाको चोकरमा तुलसीको पेष्टमा एक चम्चा दही मिसाउने र त्यसलाई रातभरी भिजाउन छोडिदिने । त्यसलाई बिहान क्यामोमाइल टी र दालचिनीको पाउडर मिसाएर त्यसले ५ मिनेटसम्म स्क्रब गर्ने गर्दा अनुहार सफा हुँदै जान्छ ।
तुलसीको पात र बेसार
एक चम्चा तुलसीको पातको पेष्टमा एक चिम्टी बेसार मिसाउने र यसलाई अनुहारमा लगाउने ।
तुलसीको पात र मह
एक चम्चा तुलसीको पातको पेष्टमा एक चम्चा मह मिसाउने । यसको पेष्ट अनुहारमा लगाउने र त्यसलाई १५ मिनेटपछि पखारल्ने । यसले अनुहारलाई सफा बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
तस्बिरमा हेर्नुहोस् शैलुङको सुन्दरता
-
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
-
एलिनाले गाइन् मर्मस्पर्शी गीत ‘एउटा नाता टुटेपछि...’
-
११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन